शेयर धितो कर्जा ४० अर्बले बढ्यो, कुन वाणिज्य बैंकबाट कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । शेयर धितो कर्जामा बैंकहरूको लगानी बढेको छ । तरलता अभावबीच पनि चालू आर्थिक वर्षको पहिलो चौमासमा ४० अर्ब रुपियाँले शेयर कर्जामा बैंकहरूको लगानी बढाएको नेपाल राष्ट्र बैंकले जारी गरेको कात्तिक २०७८ सम्मको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा गरेको कर्जा लगानी एक खर्ब एक अर्ब ९५ करोड १० लाख रुपियाँ पुगेको छ । यस्तो कर्जा गत वर्षको सोही अवधिमा ६१ अर्ब ३१ करोड रुपियाँ मात्रै थियो ।

Advertisement

बैंकहरूले गत असोजसम्ममा मात्रै यस्तो कर्जा प्रवाह एक खर्ब तीन अर्ब ९१ करोड ४० लाख रुपियाँ पुर्याएका थिए । तथ्यांक अनुसार असोजको तुलनामा कात्तिक महिनामा एक अर्ब ९६ करोड ३० लाख रुपियाँ अर्थात १.८८ प्रतिशतले शेयर कर्जामा बैंकहरूको लगानी घटेको भएपनि समग्रमा गत वर्ष वर्षको चौमासिकको तुलनामा भने ६६.२८ प्रतिशतले बढेको देखिएको छ ।

यस्तो शेयर धितोमा भएको लगानीमध्ये वाणिज्य बैंकहरूको मात्रै कात्तिकसम्म ८६ अर्ब १५ करोड ९० लाख रुपियाँ रहेको छ । असोजसम्म वाणिज्य बैंकहरूको शेयर कर्जामा लगानी ८८ अर्ब २० करोड ६० लाख रुपियाँ भएको र कात्तिकमा दुई अर्ब रुपियाँले घटेको देखिएको छ ।

गत वर्ष कात्तिकको तुलनामा भने वाणिज्य बैंकहरूले गरेको शेयर कर्जाको यस्तो लगानी ३५ अर्ब ७६ करोड रुपियाँले बढेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्ष वाणिज्य बैंकहरूले पहिलो चौमासमा गरेको शेयर धितो कर्जामा भएको यस्तो लगानी ५० अर्ब ३९ करोड १० लाख रुपियाँ रहेको थियो ।

कात्तिकसम्ममा विकास बैंकहरूको शेयर धितोमा गरेको लगानी १२ अर्ब ३५ करोड ८० लाख रहेको छ । गत वर्ष सोही अवधिमा यस्तो लगानी आठ अर्ब ४५ करोड ६० लाख रुपियाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

फाइनान्स कम्पनीकोले पनि कात्तिकसम्ममा शेयर धितोमा गरेको यस्तो लगानी तीन अर्ब ४३ करोड ३० लाख रुपियाँ रहेको छ । यस्तो लगानी गत वर्ष सोही अवधिमा दुई अर्ब ४६ करोड ६३ लाख रुपियाँ रहेको पनि उल्लेख छ । 

चालू आवको पहिलो चौमासमा शेयर धितोमा लगानी गर्ने वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ७७ अर्ब ८२ करोड रुपियाँ रहेको छ । त्यसपछि धेरै रकम शेयर कर्जामा लगानी गर्नेमा नबिल बैंकको ७२ अर्ब २७ करोड रुपियाँ रहेको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम शेयर धितोमा लगानी गर्नेमा कृषि विकास बैंकको सात अर्ब मात्रै रहेको छ । नेपाल एसबीआई र स्याण्टर्ड चार्टर्ड बैंकले भने यस्तो कर्जामा गरेको लगानी सार्वजनिक गरेका छैनन् ।

 

Advertisement

Advertisement