जम्मा ८९९ रुपियाँमा सय एमबीपीएसको डिशहोम फाइबरनेट

Advertisement

काठमाडौं । डिशहोम फाइबलनेट सेवा प्रदान गर्दै आएको डिशहोमले मासिक ८९९ रूपियाँमा नै सय एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । 

यस अफर अन्तर्गत ८९९ रूपियाँमा एक महिना, दुई हजार ६९७ रूपियाँमा तीन महिना, पाँच हजार ३९४ छ महिना र १० हजार ७८८ रूपियाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ । 

Advertisement

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यस क्रममा उसले विगत केही समयदेखि विभिन्न योजनाहरु मर्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।  

Advertisement