थप तीन हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Advertisement

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ को नमूना परीक्षण गरिएको थियो । दश हजार २६ को पीसीआर र दुई हजार ५७९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

गत २४ घण्टामा आठ हजार ७२३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ८७ हजार ४४३ पुगेको छ । निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नौ लाख ६२ हजार ५१७ र एन्टिजेन विधिबाट एक लाख ३२ हजार ५४६ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ५७ हजार १७५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८१ हजार ३७१  पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।

Advertisement

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ६६ हजार ५४० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८७ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ५९ र आइसियूमा २८१ छ । होम आइसोलेशनमा ६१ हजार ८६२, संस्थागत आइसोलेशनमा एक हजार ४३४ र क्वारेन्टिनमा १३८ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व,  बाँके, रुपन्देही, र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङजा, बाग्लुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २१ हजार ७३६, ललितपुरमा नौ हजार ३६० र भक्तपुरमा चार हजार ६५२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोपमा कोसेढुङ्गा
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोसेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिलाई पूर्ण खोप प्रदान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले ७० प्रतिशत वयस्कलाई कोभिड विरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाइ पनि दिएको छ । नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

Advertisement

Advertisement