अन्टार्कटिकाको सफल आरोहण गरेका कीर्तिमानी दाजुभाईको लक्ष्य ‘ग्राण्ड स्ल्याम’

Advertisement

काठमाडौं । अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर) को तीन नेपाली शेर्पा दाजुभाईले सफल आरोहण गरेका छन् । उक्त हिमालको सफल आरोहणपछि छाङदावा र टासिलाक्पा शेर्पा जनवरी २१ मा काठमाडौं आइपुगेका हुन् । 

उनीहरुमध्ये विश्व कीर्तिमानी मिङ्मा शेर्पाले विन्सन हिमालको सफल आरोहणपछि अर्जेन्टिनाको सबैभन्दा अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर)को सफल आरोहण गरेका छन् । जनवरी २४ बिहान १०ः१० बजे कीर्तिमानी आरोहीसमेत रहेका मिङमाले अकोनकागुवा हिमाल सफल आरोहण गरेको मिङमा शेर्पाले जानकारी दिए ।

Advertisement

पहिलो पटक पाँच जना नेपाली साउथ पोल (दक्षिणी ध्रुव)मा पुग्न सफल भएका हुन् । साथै, दक्षिणी ध्रुव अन्टार्कटिकामा भए पनि पृथ्वीकै जेनरल फिक्स्ट साउथ पोल हो जुन निकै ऐतिहासिक भएको र अहिलेसम्ममा कुनै नेपालीले आरोहण नगरेको तीन नेपाली शेर्पा दाजुभाईमध्ये टासिलाक्पाले बताए ।

कर्पोरेट नेपालसँग कुरा गर्दै उनले भने, ‘पहिलो पल्ट पाँच जना नेपाली साउथ पोलमा पुग्न सफल भयौं जुन हामी सबै नेपालीहरुको लागि एकदमै ऐतिहासिक अवसर हो । यो एडभेन्चर (साहसिक कार्य)मा पृथ्वी २४ घण्टामा घुम्दो रहेछ भने स्पष्ट हुने मौका पायौं ।’ त्यो अनुभव आफूलाई एकदम मज्जा लागेको सुनाउँदै टासिलाक्पाले थपे, ‘पृथ्वी घुम्छ भन्ने सुन्दै आएको थिए । कसरी घुम्छ होला भने लाग थियो । तर अहिले यो एडभेन्चरले थाहा भयो पृथ्वी फन्कै मारेर घुम्दो रहेछ ।’

चिलीको स्थानीय समयअनुसार जनवरी १३ बेलुका ६ः३० बजे कीर्तिमानी आरोहीसमेत रहेका दाजुभाई मिङमा, छाङदावा र टासिलाक्पा शेर्पाले अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमालको एकै पटक आरोहण गरेका हुन् । आफूहरुले अन्टार्कटिकाको द लास्ट डिग्री–द साउथ पोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमालको सफलतापूर्वक आरोहण गरेको उनीहरुले बताए । तीन दाजुभाई संखुवासभाको मकालु गाउँपालिकाका हुन् । 

उनीहरु डिसेम्बर १३ मा काठमाडौंबाट अन्टार्कटिकाकातर्फ प्रस्थान गरेका थिए । सात महाद्वीपका सात शिखर आरोहण गर्ने लक्ष्यसहित उनीहरु त्यसतर्फ लागेका थिए । अन्टार्कटिकामा एक महिना बिताएर सफलता हात पारी फर्किने पहिलो नेपाली टोली बनेका सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका तीन दाजुभाईले पहिलोपटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । 

छाङ दावा शेर्पाले विश्वको आठ हजार मिटर चढ्ने पहिलो दाजुभाईको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखेका छन् । प्रस्थान गर्नुअघि १३ डिसेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए । 

उनीहरुको अनुभवः 

कस्तो महशुस भयो स्की गरेर दक्षिणी ध्रुव पुग्नु र सफलतापूर्वक माउन्ट विन्सन  चढ्नु ?
यो सफलता हामीलार्ई भन्दा पनि पर्यटन उद्योगलाई नै एकदम फाइदा हो । नेपाली पर्वतारोहीहरु त्यहाँसम्म पुग्छन्, एडभेन्चर गर्न सक्छन भने किसिमको विश्वभर सन्देश गएको छ । हामीले गरेको कामबाट राज्यलाई र उद्योगलाई फाइदा होस्, समग्र उद्योगलाई फाइदा हुँदा सबै जना सर्भाइभ गर्न सक्छन । इमान्दारिताका साथ भन्नुपर्दा एकदमै धेरै खुसी छु । हामीले पहिलो पटक विश्व रेकर्ड राख्न सफल भयौं । एक सय ११ किलोमिटर स्की गरेर कोही पनि तीन जना दाजुभाई दक्षिणी ध्रुव पुगेको रेकर्ड अहिलेसम्म छैन् । यो हाम्रो परिवारको, क्यारियरको लागि पनि एड्भेन्चर हुनुका साथै हाम्रो पर्यटन उद्योग र देशकै फाइदाको कुरा हो । यसलाई सबैले रेकग्नाइज गर्नुपर्यो । किनभने यो मेरो मात्र वा हाम्रो परिवारको लागि मात्र नभएर यो सिंगो राज्यको सम्पत्ति हुनसक्छ भने हाम्रो विश्वास छ । 

द लास्ट डिग्री–द साउथ पोल एण्ड माउन्ट भिन्सनसम्मको यात्रा कस्तो रह्यो ?
पहिलो कुरा दक्षिणी ध्रुव भनेको त्यहाँ दुई वटा ध्रुव छ । एउटा म्याग्नेटिक साउथ पोल । अर्को जिओग्राफिक साउथ पोल । अहिले मान्छे जाने भनेको जिओग्राफिक साउथ पोल हो । एक सय ११ किलो मिटर त्यसको सिधा दूरी भयो । ग्राउन्डमा हामी झन्डै १४० किलोमिटर माइनस ३५–४० डिग्री चिसोसम्ममा स्की गरेर एक हप्ता लगाएर त्यहाँ पुग्यौं । यो पहिलो पटक पाँच जना नेपालीले गरेको यात्रा हो । कुनै नेपालीले यो भन्दा अगाडी गरेको पनि छैन् । त्यही पाँच जना मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासीलाक्पा शेर्पा, निर्मल पुर्जा, कर्मा तेन्जिङ शेर्पा । त्यो अन्तिमको चाहीं एउटा सर्कल लास्ट डिग्री भने हुन्छ । स्की गरेर लास्ट डिग्री दक्षिणी ध्रुव पुग्ने भनेको त्यसको एड्भेन्चरमा एउटा नियम छ । चौध शिखर चढ्सिकेपछि मान्छेले सेभेन समिट गर्छ । फोट्टिन पोल, सेभेन समिट गरिसकेपछि साउथ पोल र नर्थ पोल आरोहण गर्यो भने त्यो ग्राण्ड स्ल्याममा काउन्ट हुन्छ । यो दक्षिणी ध्रुव र उत्तरी ध्रुव गरिसकेपछि एडभेन्चर ग्राण्ड स्ल्याममा काउन्ट हुन्छ । यो विश्वको एडभेन्चरहरुमध्ये सबै भन्दा ठूलो उपलब्धी हो । 

के कस्तो कठिनाइ भयो ?
यो एडभेन्चर चाहीं निकै गाह्रो छ र त्यहाँ जानसमेत निकै कठिन छ । एकदमै कठिन के थियो भन्दा माइनस ३५–४० डिग्री चिसो हुने । त्यस्तो ठाउँमा हरेक दिन टेन्ट क्याम्प गरेर हिड्नुपर्दा गाह्रो नै भयो । कहिले दिउँसो मात्र माइनस ३५ सम्ममा हुन्छ । अन्यथा त्यहाँ माइनस ३५–४० हुने । यति कठिन छ । त्यसमाथि नेपालबाट कोभिडको समयमा चिलीको भिसा पाउनु पनि त्यतिकै गाह्रो छ । हामी आफै सेल्फ प्याकिङ गरेर स्की गरेर साउथ पोल गयौं । त्यो पनि त्यस्तै चिसो कठिन समयमा चढ्नु पर्छ । त्यस्तो कठिन समयमा पनि हामीले हिमाल चढे्र आयौं । कन्टनन्टको अग्लो हिमाल पनि भयो र पृथ्वीको भौगोलिकरुपमा दक्षिणी ध्रुव पनि हामी घुमेर आयौं । 

तपाईंहरु तीन दाजुभाईले विश्वको धेरै हिमाल आरोहण गरिसक्नुभयो । हिमाल आरोहण गर्दा र स्की गर्दा कस्तो रह्यो अनुभव ? 
हिमालहरुको आफ्नै कठिनाइहरु छ । हिमाल आरोहण गर्नु भनेको हरेक सेकेन्ड जोखिम छ । त्यहाँ एउटा मात्र प्राविधिक गल्ती भयो भने हामी तत्कालै जानसक्ने सम्भावना हुन्छ । दक्षिणी ध्रुवमा त्यस्तो हुँदैन् । माउन्ट विन्सनमा त्यस्तो मरिहाल्छ भने डर चाहीं छैन् । तर पनि एकदमै चिसो । राति पनि चिसोमा दिउसो पनि चिसोमा । अब निरन्तर चिसोमा बस्दा भित्र मुटुमै छुने हुन्छ । त्यो झेल्नु पनि निकै गाह्रो छ । फेरि त्यो चिसोमा १११ किलोमिटर भनेको गाउन्ड दूरी भनेको ४० किलोमिटर हिड्यौं हामी माइनस ३५–४९ मा । सजिलो त केही पनि छैन् । निकै गाह्रो छ । 

अन्टार्कटिकाको साउथ पोलमा स्की गर्ने र माउन्ट विन्सन आरोहण गर्ने योजना पहिले नै बनाउनुभएको थियो कि भर्खर योेजना बनाएर जानु भएको हो ?
टासिलाक्पाः अन्टार्कटिका भनेको हामी एडभेन्चर गर्ने, त्यस्तो गर्दा पनि नयाँ रिसर्च गर्ने मान्छेहरु हो । नयाँ एडभेन्चर गर्नुपर्नेहरुलाई त हामी जहिले पनि रोचक पाठ हो यो भनेको । मैले योभन्दा अगाडि उत्तर अमेरिकाको अग्लो हिमाल डेनाली चढ्ेको छु । युरोपको अग्लो हिमाल एल्ब्रस चढ्ेको छु । अफ्रिकाको अग्लो हिमाल किलिमन्जारो चढ्ेको छु । सगरमाथा चढे्को छु । अकोनकागुवा चाहीं एउटा उद्देश्यअन्तरगत नै एडभेन्चर गरेका हौं ।
एडभेन्चरमा आफूलाई सक्रिय राख्ने र किप वोम गरिराख्नेलाई केही न केही गतिविधि गरिराख्नु पर्छ । त्यसमध्ये अन्टार्कटिका जान अलि गाह्रो भएको थियो । यो एडभेन्चर गर्नु आर्थिक रुपमा पनि धेरै गाह्रो छ । निकै महंगो एडभेन्चर पनि हो । 

आर्थिक सहयोग कसरी जुटाउनुभयो ?
हामी आरोहीहरु आफै एडभेन्चर गर्दै यहीे क्षेत्रबाट कमाएको पैसा यसमै लगानी गर्दै जाने हो । लगभग एक करोड रुपियाँभन्दा बढी खर्च हुन्छ हामीले गरेको एडभेन्चरको एक जनाकै । अन्टार्कटिको माउन्ट विन्सन गएर आउँदाको खर्च कसैले प्रायोजन गरेको होइन । हामी आफैले मेहनत गरेर कमाएर यही पर्वतारोहण क्षेत्रमा दिनरात भारी बोकेर विदेशीहरुको सेवा गरेर कमाएको पैसा लगेर खर्च गरेको हो । एडभेन्चर गर्नुपर्ने एउटा नसा जस्तै हो । निरन्तर एडभेन्चर गर्नुबाट हामीले आफूलाई रोक्नै सक्दैनौं । कि एडभेन्चर गरेर ज्यान सिद्धिनुपर्यो । यो एडभेन्चर जोखिमपूर्ण खेल हो । कि त मान्छे त्यहाँ सिद्धिनुपर्यो । होइन भने हामीले रोक्न सक्दैन् एडभेन्चर गर्न । यो एडभेन्चर भन्ने नै एउटा अच्चम्मको लत जस्तो । त्यसैले यो हामीले गरिहाल्नुपर्छ भन्ने देखेर गरेको हो ।

यो एडभेन्चरलाई गर्नुलाई आत्मसन्तुष्टि मात्र हो कि कुन रुपमा लिनुहुन्छ ?
यो हाम्रो आत्मसन्तुष्टि मात्र होइन, व्यापार पनि हो । हाम्रो लगानी जस्तै हो । हामीले एडभेन्चरहरु गर्दैगर्दा पछि फेरि त्यहाँ गाइड गर्न पाउने । हामीले संसारभरि गाइड गरिरहेको हुन्छ । टिम संगठित गरिरहेको हुन्छौं । अहिले पनि हामीले त्यहाँ टिम लगेर क्लाइन्टहरुलाई पनि आरोहण गरायौं । लगभग खर्च एक करोड रुपियाँमाथि नै हुन्छ । म क्लाइन्टलाई गाइड नै गर्नका लागि गएको थिए । तर दाई मिङ्मा शेर्पा र छाङ दावा शेर्पाले यही क्षेत्रबाट कमाएको पैसा त्यही लगानी गर्नुभयो । हामीलाई यसको रिर्टन आउँछ जस्तो लाग्छ । यो एडभेन्चरको स्टोरीहरु हामीसँग जति धेरै छ, त्यत्ति धेरै हाम्रो व्यापार पनि विस्तार हुने हो । त्यो कुरामा चाहीं हामी एक्दमै विक्षिप्त छौं ।

तपाईंहरुले सफल आरोहण गरेर आउनु भएको छ । विश्व र्कीतिमान राख्न सफल हुनुभएको छ । सरकारबाट के आशा छ ?
हामीलाई यस्तो लाग्छ, हामीले गरेको कुरालाई सरकारले रेकग्नाइज मात्र गरोस् । सरकारले हामीलाई आर्थिकरुपमा सहयोग गर्नुपर्छ भने हामीलाई लाग्दैन् । किनभने देशमा जन्मिएपछि देशले के दियो भन्नुभन्दा हामीले देशलाई के गर्न सकेको छ ? भने हो । त्यो उपलब्धीले राज्यलाई फाइदा गर्दछ भने त्या राम्रो कुरा हो । त्यसले हाम्रो पर्यटन उद्योगलाई फाइदा गर्छ भने त्यो पनि राज्यलाई भयो । व्यक्तिगत रुपमा हामीलाई मात्र फाइदा भयो भने पनि त्यो पनि राज्यकै भयो । त्यो हिसाबले सरकारसँग गुनासो गर्नुपर्ने, सरकारले केही गरेन भने त केही पनि छैन् । तर हामीले गरेको उपलब्धिहरुलाई, एडभेन्चरहरुलाई सरकारले रेकग्नाइज गरिदियो भने ठिक हुन्छ भने हो । हाम्रो लागि मात्र होइन देशको र सिगो पर्यटन उद्योगको लागि पनि हो ।

अबको योजना के छ ?
मेरो चाहीं सेभेन समिट गर्न एउटा हिमाल मात्र बाँकी छ । कार्सटेन्सज पिरामिड हो । इन्डोनेसियाबाट चढ्नुपर्छ । त्यो अल्ली राजनीतिक कारणले अहिले बन्द छ । त्यसकारण पखाईमा छु । दक्षिणी ध्रुव पूरा गर्यौं । अब पृथ्वीको उत्तरी ध्रुव पनि जाने हाम्रो योजना छ । त्यो नर्वेबाट जानुपर्छ । हामी तीन जना दाजुभाई नै चढ्ने हो । हामी तीन जना पहिलो पटक दक्षिणी ध्रुव पुग्यौं स्की गरेर । अब फेरि उत्तरी ध्रुव पुग्ने पहिलो तीन जना दाजुभाई बन्ने योजना छ । यो चाहीं विश्वमै अहिलेसम्म कुनै तीन जना दाजुभाईले गरेको छैन् । 

Advertisement

Advertisement