स्वास्थ्यमन्त्रीले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

Advertisement

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।  

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

Advertisement

सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो । 

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।

Advertisement

Advertisement