अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको बृहत तयारी, डिशहोममार्फत पनि फिल्महरु हेर्न सकिने

Advertisement

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलभित्र महोत्सव (निफ) यस बर्ष वृहतरुपमा सम्पन्न गर्ने तयारी गरिएको छ । यसअघि चैत १० बाट भर्चुअलरुपमा गर्ने भनिएको महोत्सव एक हप्ता पछि धकेल्दै चैत १७ बाट भौतिक उपस्थितिमै गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

राजधानी काठमाडौंको राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना हुने चलचित्र महोत्सव पाँच दिनसम्म चल्नेछ । कार्यक्रमस्थलमा गएर फिल्म हेर्न नसक्ने दर्शकहरुले डिशहोममार्फत पनि हेर्न सक्ने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । 

Advertisement

विभिन्न ३८ देशका ८९ चलचित्रहरुबीच सात वटा विधामा प्रतिस्पर्धा भई १४ वटा पुरस्कारबाट पुरस्कृत गरिने यो महोत्सव अहिले पाँचौं पटक आयोजना हुन लागेको हो । सकैभन्दा ठूलो पुरस्कारको राशी एक हजार पाँच सय अमेरिकी डलर रहेको छ । 

कोभिडका कारण यसअघिको महोत्सव भर्चुअलरुपमा सम्पन्न गरिएको थियो । पाठकले यस पटकको चलचित्र महोत्सव राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सशक्त हुने आशा व्यक्त गर्दै महोत्सवमा विश्व चलभित्र क्षेत्रका नाम चलेका व्यक्तिहरु एरिभ भ्याली, राजकुमार हिरा, विशाल भारद्वाज, एसएस राजनलगायतका थुप्रै व्यक्तिसँग कुराकानी भइरहेको बताए । 

नेपाल टेलिकम, डिश मिडिया नेटवर्कलगायतले प्रायोजन गरेको यस चलचित्र महोत्सवलाई ठूला कर्पोरेट हाउसले भने प्रयोजनमा उपेक्षा गरेकोमा उनले दुखेसो पोखे । पाठकले मानिसहरुमा चलभित्र हेर्ने संस्कृतिको विकास गर्नु र नेपाली चलचित्र तथा कला संस्कृतिलाई विदेशमा समेत प्रचार प्रसार गर्न महोत्सव आयोजना गर्दै आएको बताए । 

आउँदो चलचित्र महोत्सवको निर्णायक मण्डलका प्रमुख रहेका वरिष्ठ कलाकार तुल्सी घिमिरे, अर्का वरिष्ठ कलाकार नीर शाह, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यस चलचित्र महोत्सवबाट नेपाली कला संस्कृतिको प्रवद्र्धनका साथै सिंगो चलचित्र समुदायले लाभ लिनसक्ने बताएका थिए । दाहालले महोत्सव अब बार्डले नै आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयसँग आग्रह गरिएको बताएका थिए । 

Advertisement

Advertisement