थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३५४ जना सङ्क्रमणमुक्त

Advertisement

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५३ रहेको छ । 

Advertisement

पछिल्लो समय थप ३५४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार १६७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । थप दुई जनाले कारोनाबाट ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ ।  

त्यसैगरी पछिल्लो समय एक लाख आठ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ९७१ छ ।

Advertisement

Advertisement