नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सुरु गर्दै डिशहोम

Advertisement

काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सेवा सुरु गर्ने तयारी गरेको छ । कम्पनीले एक–डेढ महिनाभित्र यो सेवाको परीक्षण सञ्चालन गर्ने जानकारी दिएको हो । 

कम्पनीका सेल्स जनरल म्यानेजर रमेश सापकोटाले स्याटलाइट इन्टरनेट सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताउँदै चाँडै शुभारम्भ गरिने बताए । उनले भने, ‘स्याटलाइट इन्टरनेट सञ्चालनका लागि दुई–तीन बर्षदेखि नै सोच बनाएको हो । तर यो इन्टरनेट प्रविधिमा तीब्र परिवर्तन भइरहेकाले लगानी गर्ने कुरामा केही ढिलाई भएको हो । प्रविधि परिवर्तन भयो भने त लगानी खेर जाने भयो । अब चाहीं चाँडै विनेश प्लान फाइनल गरेर परीक्षणमा ल्याउँछौं ।’

Advertisement

स्याटलाइट इन्टरनेट आइसकेपछि अहिले इन्टरनेट सेवा नपुगेको जुनसुकै ठाउँमा इन्टरनेट सेवा पुग्नसक्ने छ । यसअघि सञ्चालनमा आइका केवल तथा फाइबरनेटहरु भन्दा स्याटलाइट कनेक्शन केही महंगो भने हुने सापकोटाले बताए । यो सेवा आइसकेपछि अरु कुनै पनि इन्टरनेट प्रविधि नपुगेको ठाउँमा स्याटलाइट इन्टरनेट पुग्नेछ । साथै, भीस्याट जस्ता इन्टरनेटमार्फत इन्टरनेट सेवामा न्यून गुणस्तरका कारण सास्ती भोग्दै आएका ग्राहकले स्याटलाइट इन्टरनेट सुरु भएपछि त्यस्तो कुनै अवरोध वा गुणस्तरको समस्या भोग्नुपर्ने छैन् । 

स्याटलाइट इन्टरनेट जडान गर्न एन्टेना प्रयोग हुन्छ । यस्तो एन्टेना एक मिटर जति लामो हुन्छ । यसले निश्चित क्षेत्रमा वाइफाइ चल्छ । विशेषगरी दुर्गम क्षेत्रमा सेवा प्रदान गर्ने संस्थाहरुलाई भरपर्दो इन्टरनेट सेवाका लागि स्याटलाइट कनेक्शन अति उपयोगी हुने सापकोटाले बताए । यसको प्रविधिका कारणभन्दा पनि बढी भरपर्दो र गुणस्तरीय हुने भएकाले केही महंगो हुने उनले बताए । 

Advertisement