सीए सन्तोष प्रसाईं प्रभु लाइफको सल्लाहकार नियुक्त

Advertisement

काठमाडौं । चाटर्ड एकाउन्टेन्ट (सीए) सन्तोष प्रसाईं प्रभु लाइफ इन्स्योरेन्सको सल्लाहकार नियुक्त भएका छन् । बीमा समितिले प्रसाईं प्रभु लाइफको सल्लाहकार नियुक्त भएको जानकारी दिएको हो ।

यसअघि स्रोतले प्रभु लाइफका हालका सीईओ नारायण पौडेललाई राजीनामा गराएर प्रसाईंलाई सीईओ नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिएको थियो । यसअघि नेपाल लाइफ इन्स्योरेन्सका सीईओ रहेका प्रसाईंले सञ्चालकहरुसँग कुरा नमिलेपछि कार्यकालअघि नै राजीनामा दिएका थिए । 

Advertisement

सीईओ नियुक्त हुने भनिएका प्रसाईंलाई सल्लाहकार नियुक्त गरिनु अर्थपूर्ण देखिन्छ । हाल कुलिङ पिरियडमा रहेका प्रसाईंले बैशाखमा मात्रै प्रभु लाइफको व्यवस्थापन सम्हाल्ने स्रोतले यसअघि जानकारी दिएको थियो । 

Advertisement