'अहिले उद्योगी व्यवसायीको सेन्टिमेन्ट ‘अलटाइम लो’बाट गुज्रिरहेको छ'

Advertisement

बिष्णु अग्रवाल

अहिले उद्योगी व्यवसायी सबैभन्दा तलको सेन्टिमेन्टबाट गुज्रिरहेका छन् । उनीहरुको सेन्टिमेन्ट, ‘इट इज अलटाइम लो’ उनीहरु बैंकमा पैसा लिन जाँदा बैंकले पैसा दिन सकेको छैन् । कुनै मानिसले नयाँ विजनेश गर्न खोजिरहेको छ वा नयाँ उद्योग लगाउन खोजिरहेको छ वा उसले आफ्नो लिमिटहरुको रिन्यूअल गर्न खोजिरहेको छ, उनीहरुले त्यो गर्न पाएको छैन् ।

Advertisement

ब्याजदर जुन एक साल पहिले ७–८ प्रतिशतमा थियो, आज १२–१३ प्रतिशतमा पुगिसकेको छ । यो रोक्किनेवाला छैन् । अब १४–१५ प्रतिशतमा चाँडै पुग्ने सबैले भनिरहेका छन् । आयातमा एकपछि अर्को प्रतिबन्ध लागिरहेका छ । जहिले पनि कुरा गर्दा एलसीको मार्जिन बनाउने कुरा हुन्छ । कुनै न कुनै तरिकाबाट हामीले आयातमा रेष्ट्रिक्शन लगाइरहेका छौं । अहिले कुनै पनि उद्योगी व्यवसायीसँग कुरा गर्दा डिमाण्ड ३० प्रतिशत कम छ, ४० प्रतिशत कम छ । सरकारसँग यसबारे कुरा गर्दा तपाईंहरुले कुनै चिन्ता गर्नुपर्दैन्, स्थिति कुनै बिग्रिएको छैन्, सबै कुरा कन्ट्रोलमा छ । तर एक्शन हेर्नुहुन्छ त्यसको ठिक विपरित हुन्छ । 

अहिले सबै कुराहरुमा बन्देज छ । सरकारले हेरेको पनि सुल्टो जस्तो छैन् । हाम्रो अर्थतन्त्र संकुचित भइरहेको छ । आजको छलफल समस्या मात्रै देखाउनेभन्दा पनि समाधान पनि भन्ने फोरम हो । मैले यसमा आफ्नो र परिसंघको तर्फबाट केही कुरा भन्न चाहान्छु ।

अहिले मुख्य कारणहरु हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा लगानीको कमी छ । पूँजी निर्माण भइरहेको छैन् ।, औद्योगिकीकरणको वातावरण छैन् । आज विकास खर्च भइरहेका छैनन् । जबससम्म देशको विकास खर्च हुँदैन र पूँजी निर्माणको वातावरण बन्दैन्। तबसम्म यस्तो स्थिति आउँछ । यसको कुनै पनि अल्टरनेटिभ छैन । यसको समाधानको लागि मलाई सर्टटर्म र लङटर्ममा काम गर्नुपर्छ जस्तो लाग्छ । सर्टटर्मका लागि अहिले भुक्तानी सन्तुलनमा समस्या देखिएको छ । साढे छ महिनाको सामान आयात धन्नसक्ने विदेशी मुद्राको सञ्चिति नराम्रो होइन् । सात महिनासम्म अरु देशमा पनि हुने गरेको छ । यहाँ तरलताको समस्या र हाईइन्फुयन्स रेटको समस्या धेरै छ ।

भुक्तानी सन्तुलनको समस्या समाधानका लागि दुई वटा पक्षहरु हुन्छन् । एउटा हामीले बाहिरबाट कति कमाउन सक्यौ ? भन्ने हुन्छ भने अर्को हाम्रो कति पैसा बाहिर गइरहेको छ भन्ने पनि हुन्छ । सरकारका योजनाले आउटफ्लोलाई रोकिरहेको छ । आयात प्रतिस्थापनका केही स्टेप लिँदा हुन्छ । तर यहाँ अल्ली बढि नै लिने गरिएको छ । तर, आउट फ्लोलाई मात्रै नियन्त्रण गरेर समस्याको समाधान हुन सक्दैन । हामीले इनफ्लो बढाउने बाटोहरु हेर्न जरुरी छ ।

आजको दिनमा रेमिटेन्सलाई प्रोत्साहन दिन धेरै वटा कार्यक्रम भइसकेका छन् । अरु देशले दुई देखि पाँच प्रतिशत इन्सेन्टिभ दिने गरेको छ । हामीले दुई प्रतिशत मात्रै इन्सेन्टिभ दिन सकेमा रेमिटेन्स २० देखि ३० प्रतिशतले बढ्छ । रेमिट्यान्सलाई अव्यवस्थितबाट व्यवस्थित ठाउँमा लगाउनुपर्छ ।

बैकिङ क्षेत्रले विदेशी बैंकबाट कसरी लोन लिन सकिन्छ ? त्यसमा विचार गर्नुपर्छ । यसमा केही बैंकहरु सफल पनि भएका छन् । हामीले भारतबाट पनि कसरी बैंक टू बैंक लोन लिने भन्ने विचार गर्नुपर्छ । अहिले हेजिङ र टीडीएसको ठूलो समस्या छ । यसको तत्काल समाधान गर्न सक्यौ भने हाम्रो अर्थतन्त्रमा ठूलो मात्रामा पैसा ल्याउन सकिन्छ । यसले हामीलाई ठूलो मद्दत गर्छ ।

एफडीआई लामो समयको लागि गर्ने कुरा हो । केही क्षेत्रको लागि खोल्दा केही समाधान दिनसक्छ । जग्गामा लगानी गर्न होइन, स्टक एक्सचेन्जमा, अपार्टमेन्टहरुमा दिन सकिन्छ । यसो गर्दा आगामी तीन–चार महिनामा एक खर्ब रुपियाँ आउन सक्छ । 

त्यस्तै, लङ टर्मको कुरा गर्दा पूँजी निर्माण गर्न, औद्योगिकीकरण गर्न र एफडीआई ल्याउनको लागि हामीले सीमित क्षेत्र मात्र तोक्नु हुँदैन । नेपालको वातावरण एजुकेशन टुरिजमको लागि एकदमै राम्रो स्थान हो । अहिले हामीले हरेक वर्ष एक खर्ब रुपियाँ बाहिर पठाउँदै आएका छौं । किन भने यहाँको र बाहिरको शिक्षा फरक छ । हामीले विदेशी लगानी शिक्षामा लगाउन सकेमा यसले बाहिर गएको पैसा बचाउन सक्छ । यो कुराले बाहिरको पैसा ल्याउन पनि मद्दत गर्छ । यही कुरा स्वास्थ क्षेत्रमा पनि लागू गर्न सकिन्छ ।

औद्योगिकीकरणको बारेमा हामीले लामो समयदेखि कुरा गरिरहेका छौं । हरेक बजेटमा औद्योगिकीकरणको कुरा त चल्छ । तर त्यसमा चाल्नुपर्ने पाइलामा भने कमी भएको पाइन्छ । सानो प्रयासबाट औद्योगिकीकरण सम्भव छैन् । हामीले ठूलो प्रयास गरे मात्रै ठूलो नतिजा हात पार्न सक्छौं । 

सीएनआईको टीम बंगलादेशमा पनि गएको थियो । उनीहरुको एउटा यस्तो प्रयास छ औद्योगिकीकरणमा ताकी उनीहरु त्यसले मात्र त्यहाँ सम्भव हुन पाएको छ । नेपालमा अहिले हाम्रो जमिनको मूल्य बढेको छ । जमिनको मूल्य सहज नहुँदासम्म शिक्षा, उद्योगधन्दा केहीको पनि विकास हुन सक्दैन । औद्योगिकीकरणका लागि यस्ता कुरामा पनि विशेष ध्यान दिएर अघि बढ्नुपर्छ । 

(नेकपा एमालेको उद्योग विभागले आइतबार साँझ आयोजना गरेको ‘बर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले व्यक्त गरेको विचारको सम्पादित अंश) 

Advertisement

Advertisement