आयल निगमले फेरि इन्धनको मूल्यमा भारी वृद्धि गर्यो

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्यमा फेरि भारी वृद्दि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि गरेको हो । 

पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पाँच रुपियाँका दरले बढाइएको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Advertisement

बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपियाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपियाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । 

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपियाँ बढेर १५१ पुगेको छ । वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर बढाएर एक हजार ४९५ कायम गरिएको छ ।

Advertisement

Advertisement