साहित्यकार मसान उपासकका दुई कृति एकसाथ बिमोचन

Advertisement

काठमाडौँ । मकवानपुरे साहित्यकार मसान उपासकको एक साथ दुई कृति प्रकाशित भएको छ । लामो समयदेखि साहित्य लेखनमा क्रियाशील मसानले कविता र गजल सङ्ग्रह एकसाथ विचोचन गरेका हुन् । 

बुधबार साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वारा लिखित कविता सङ्ग्रह ‘मानचित्रमा देश’ र  ‘अक्षर आराधन’ गजल सङ्ग्रह बुधबार एकसाथ विमोचन गरिएको हो ।

Advertisement

सङ्गमको प्रेक्षालयमा भएको कार्यक्रममा साहित्यकार मसानका मातापिता गोमा सञ्जेल र रामप्रसाद सञ्जेल, साहित्यकार प्राडा जिवेन्द्रदेव गिरी, साहित्यकार आरसी रिजाल र निमेष निखिलले सयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । 

साहित्यकार मसानको कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ ४६ वटा कविता सङ्ग्रहित रहेका छन् । यस्तै गजल सङ्ग्रह ‘अक्षर आराधन’ मा ५७ वटा गजल समावेश गरिएको छ । 

विमोचन गरिएको कविता सङ्ग्रह  ‘मानचित्रमा देश’ माथि साहित्यकार तथा पत्रकार रामकुमार एलनले टिप्पणी गरेका थिए । गजल सङ्ग्रह ‘ अक्षर आराधन’ माथि साहित्यकार देवराज तिवारीले टिप्पणी गरेका थिए ।

सङ्गमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, आँचल साहित्य कला पुञ्जकी सचिव भावना सापकोटा, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यलगायत साहित्यकार तथा पत्रकारको सहभागिता थियो ।

Advertisement

Advertisement