चौधरी ग्रुपले विश्व प्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड ‘माइडिया’ नेपालमा ल्यायो

Advertisement

काठमाडौं । चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपाली बजारमा लामो अनुभव र विश्वास रहेको चौधरी समूहले नयाँ ब्राण्ड भित्राएको हो । 
माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेकोे छ । ग्रुपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनहरूमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । 

दुई पक्ष बीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने ग्रुपको भनाई छ । चौधरी ग्रुपका अनुसार, माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू (एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टीमर, स्ट्यान्ड फ्यान, फूड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मीट मिनसर, टोस्टर, फ्यान हिटर, पी.टी.सी. सिरामिक हिटर, ओ.एफ.आर. हिटर) नेपाली बजारमा पहिलेदेखि नै बिक्री गर्दै आएको र ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ । 

Advertisement

साथै, कम्पनीले किचेन एप्लायन्स (बार्बिक्यु, फ्रि स्ट्याण्डीङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याकुम क्लिनरहरू (ब्यागलेस, ड्रम– ड्राइ, ड्रम– वेट एण्ड ड्राइ), वासिंङ मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरु ल्याउने योजना बनाएको छ । कम्पनीले माइडिया ब्राण्डका अन्य धेरै उत्पादनहरु पनि चाँडै ल्याउने तयारी गरिरहेको छ ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ । 

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो ।  माइडिया गु्रप २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भएको थियो । 

Advertisement