टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले नेपालमा फिल्म छायांकन गर्ने

Advertisement

काठमाडौं। टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले आफ्नो आगामी फिल्म नेपालमा छायांकन गर्ने भएका छन् । नेपाल भ्रमणमा आएका अभिनेता एन्गिनले बिहीबार बेलुका स्वदेश फर्कनुअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्वागत कार्यक्रम गरेर नेपाली टोपी लगाए । सोही कार्यक्रममा एन्गिन नेपालमा फिल्म छायांकन गर्नेबारे जानकारी दिए ।

टर्कीका व्यवसायी र फिल्म निर्माता उनले आफू नेपाली आतिथ्यता र प्राकृतिक सौन्दर्यबाट मोहित भएको बताए । नेपालमा पाँच दिन बिताएका एन्गिनले पोखरा र त्यहाँको सौन्दर्य नियालेका उनले आफू नेपाली तालतलैया, हिमाल र पहाडबाट प्रभावित भएको बताए । 

Advertisement

मन्त्री आलेले फिल्म छायांकनलाई पूर्णरुपमा सघाउन सरकार तयार रहेको बताए । नेपाल उनेपाललाई फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्न मन्त्री आलेलाई आग्रह गरिन् ।

त्यस्तै, मन्त्रालय अन्तर्गतको टुरिजम रिभाइभल कमिटी संयोजक राजाराम गिरीले पनि कोरोनाले प्रभावित नेपालको पर्यटनलाई उकास्न अन्तर्राष्ट्रिय सेलिब्रिटी र व्यक्तित्वलाई नेपालमा निम्तो गर्न लागिएको बताए। 

Advertisement

Advertisement