रञ्जन कोइराला फेरि पक्राउ पर्ने, सर्वोच्चले निर्णय उल्ट्यायो

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडिआईजी रञ्जन कोइरालाको बारेमा गरेको फैसला उल्ट्याएको छ । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला सर्वोच्चले  उल्ट्याएको हो ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हो । 

Advertisement

यो फैसलासँगै कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ ।  उनी यसअघि साढे ८ वर्ष मात्र कैद बसेका थिए । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद मिनाहा गरेको थियो । आफूहरु आलोचित हुनेगरी उनीहरुले यस्तो फैसला गर्नु अर्थपूर्ण रहे पनि त्यस्तो कुनै तथ्य भने बाहिर आएको छैन् । कोइरालाले आफू निर्दोष रहेको बताएका थिए भने उनका छोराले पनि बाबु निर्दोष भएको बताएका थिए । 

तर श्रीमतीको हत्या गरी शव समेत नष्ट गर्ने काममा लागेको भन्दै अदालतले उनलाई दोषी ठहर्याएको थियो । कोइरालाको जन्मकैद हुने सजाय घटाएर सर्वोच्चले साढे आठ वर्षमात्रै कैद बस्दा पनि हुने भनेपछि उनी रिहा भएका थिए । 

Advertisement

Advertisement