फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसनले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । 

जसअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपियाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ९१ पैसा बढेर आएको छ ।

Advertisement

‘नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपियाँ २८ पैसा, डिजेलमा ३७ रुपियाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपियाँ ७० पैसा घाटा छ,’ उनले भने, ‘जून १ को मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपियाँ १४ पैसा घाटा छ । हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भए पनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको छ ।’

Advertisement

Advertisement