पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धिबारे जवाफ दिन मागपछि सभामुखको सरकारलाई रुलिङ

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ । सोमबार प्रतिनिधिसभा सुरु हुनेबित्तिकै नेकपा (एमाले)की सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताइन् । 

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरे । अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने बताइन् । 

Advertisement

उनले सरकारले सो जवाफ नदिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताइन् । सचिव अर्यालले भनिन, ‘मूल्यवृद्धि गर्दै जनतालाई आहात दिने काम गरेको छ, राहत दिने काम गरेको छैन् । त्यसैले यो बेला राहत दिने बेला हो सभामुख महोदय । जनतालाई आहात दिने बेला होइन । आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले जनताको आवाजहरु यो संसदमा बोल्नैपर्ने हुन्छ । त्यसैले मैले जनताको तर्फबाट, नेकपा एमालेको तर्फबाट सभामुखमार्फत् यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्यो ? यसको जवाफ चाहन्छौं ।’ 

अर्यालले जनताको जीवनसँग जोडिएको, जनताको जीविकासँग जोडिएको यस्ता महत्वपूर्ण विषयहरुमा बाध्यता के आईलाग्यो ? किन मूल्य बढाइयो ? भन्दै प्रश्न गरिन् । त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । 

सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरे । 

Advertisement

Advertisement