फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाबारे सांसदहरुको चासो

Advertisement

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा चासो लिएका छन् । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर बिक्री गरिरहेको छ भन्ने विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराएकी थिइन् ।  

निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा बनाइरहेको जानकारी गराइन् । उनले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउन सकिने बताइन् । सो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्रांगारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने भन्दै उनले रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत हेरिएको बताइन् । 

Advertisement

रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलभन्दा यो मल राम्रो हुने बताइन् । उनले पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्न सकिने बताइन् । ठिमीले चार वर्षदेखि घरबाट निस्कने फोहोरलाई गन्धरहित बनाएर मल बनाइरहेको छ । भक्तपुरले फोहोरबाट मल निकालेर जनतालाई बिक्री समेत गर्दै आएको छ । 

Advertisement

Advertisement