चिनियाँ गाडी निर्माता बिवाईडीले फरक मोडलका विद्युतीय कारहरु बनायो, नेपालमा कहिले आउला ?

Advertisement

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी बिवाईडीले विद्युतीय इन्धन खपत कम गर्ने नयाँ मोडलका गाडीहरु सार्वजनिक गरेको छ । कम्पनीले जापानमा बिहीबार कार्यक्रम गरी बिवाईडीका नयाँ गाडिहरु सार्वजनिक गरेको हो । 

बिवाईडी अटो जापानले ल्याएका तीन नयाँ विद्युतीय कारहरुमा बिवाईडी अटो ३, बिवाईडी सिल र बिवाईडी डल्फिन छन् । तीन वटै मोडलहरु चाँडै बजारमा बिक्रीका लागि पठाइने कम्पनीले जनाएको छ । यी गाडीहरु नेपालमा आइपुग्न भने केही समय लाग्नेछ । 

Advertisement

हरित यात्राको लागि सशक्त समाधानको रुपमा प्रस्तुत गरिएका यी मोडलहरु हरित विकास र सन् २०५० भित्र कार्वन शुन्य गर्ने लक्ष्यअनुसार नविन ढंगले डिजाइन गरिएको कम्पनीको भनाई छ । 

विश्वका कार निर्माताहरुको बजार पुँजीकरणमा बिवाईडी तेस्रो नम्बरमा पर्दछ जसमा अमेरिकी ब्राण्ड टेस्ला पहिलो नम्बरमा छ । यो कम्पनीले अहिले पूर्ण इलेक्ट्रीक र हाइब्रिड गाडी मात्रै उत्पादन गर्छ । 

Advertisement

Advertisement