लक्ष्मी बैंकका सीईओ शाहको कार्यकाल चार वर्ष थप

Advertisement

काठमाडौं । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयविक्रम शाहको कार्यकाल थप भएको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले सीईओ शाहको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय भएको कम्पनी सचिव पियूषराज अर्यालले बताए । 

Advertisement

तत्कालीन सीईओ सुदेश खालिङको पदावधि समाप्त भएपछि शाह २०७५ कात्तिक १५ गतेदेखि सीईओ नियुक्त भएका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर शुरु गरेका शाहको यसक्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ ।  


 

Advertisement

Advertisement