ग्राण्डी विवादः अदालतले रोकाएको बैंक खाताबाट अनधिकृतरुपमा कारोबार गरेपछि ज्योति समूह रुष्ट

Advertisement

काठमाडौं । ज्योति समूहलाई दिनुपर्ने रकम भुक्तानी दिन अटेर गरेका कारण अदालतले रोक्का गरेको बैंक खाता ग्राण्डी अस्पतालको संस्थापन समूहले राजनीतिक पहुँचका आधारमा खुलाएर कारोबार गरेपछि दुई समूहबीच विवाद झन चर्किएर गएको छ । 

जिल्ला तथा उच्च अदालतको आदेशबाट रोक्का भएको बैंक खाता अस्पतालको दीपक कुँवर नेतृत्वको संस्थापन समूहले राजनीतिक पहुँचका आधारमा सञ्चालन गरेर अनधिकृतरुपमा सञ्चालन गरेको हो । कुँवर नयाँ बसपार्कमा भएको अर्बौं रुपियाँ भ्रष्टाचार प्रकरणमा मुछिएका व्यक्तिसमेत हुन् । कुँवरले लामो  समयदेखि ठूला दलका ठूला नेताको राजनीतिक संरक्षण र बलमा विवादास्पद तथा गैरकानुनी कार्यहरु गर्दै आए पनि उनीमाथि छानविन र कारवाही भने हुन सकेको छैन् । लामो समयदेखि व्यवसायमा लागेको ज्योति समूहले नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । 

Advertisement

ग्राण्डी अस्पताल नियन्त्रण गरेर बसेको कुँवर नेतृत्वको समूहले समूहले अस्पतालमा सबैभन्दा ठूलो लगानी रहेको ज्योति समूहलाई निशेष गर्नुका साथै उक्त समूहलाई दिनुपर्ने करोडौं रुपियाँ दिनसमेत आनाकानी गर्दै आएको छ । 

ज्योति समूहका रुप ज्योतिले २५ प्रतिशत लगानी गर्ने लगानीकर्तालाई उपेक्षा गरेर १० प्रतिशत पनि लगानी नभएकाले अस्पताल कब्जा गर्ने र अदालतको आदेश पनि नटर्ने कुरा लाजमर्दो विषय भएको बताउँदै सम्मानित अदालतको आदेशलाई अनादर गर्दै जालझेल गरेर बैंक खाता सञ्चालन गर्न खोज्ने र अनधिकृतरुपमा कारोबार गर्ने, आर्थिक हिनामिना गर्नेहरु एक कानुनअनुसार दण्डित हुने विश्वास व्यक्त गरे । 

अस्पताल नाफामा हुँदाहुँदै ग्राण्डी अस्पताल कब्जा गरेर बसेको समूहले विभिन्न बहाना बनाएर ज्योति समूहलाई ऋण सापटीबापतको करोडौं रकम दिन आनाकानी गर्दै आएको छ । रकम नदिने र अस्पतालको सञ्चालक समितिबाट सबैभन्दा ठूलो लगानीकर्तालाई बाहिर राखेपछि ज्योति समूह न्यायका लागि अदालत गरेको थियो । 

अदालतले रोकेको बैंक खाता कसरी खुलाउनु भयो भन्ने एक प्रश्नमा अस्पतालका एक उच्च कर्मचारीले अस्पतालमा काम गर्ने यति धेरै डाक्टर, कर्मचारीलाई भोकै राख्न नमिल्ने प्रतिक्रिया दिए । आफू कर्मचारी मात्रै भएकाले नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनले भने, ‘अदालतको आदेश अटेर गर्न बैंक खाता सुचारु गरेको होइन् । तर यत्रो अस्पतालमा काम गर्ने कर्मचारी, डाक्टरलाई भोकै राख्न पनि मिलेन् । यो समस्या हामीले अदालतलाई पनि लेखेर पठाएका छौं । अस्पताल नै बन्द हुने अवस्था बनाउन भएन भनेर अदालतलाई अनुरोध गरिएको हो ।’ 

ज्योति समूहका रुप ज्योतिले ग्राण्डी कब्जा गरेर बसेको समूहमा पैसा तिर्ने नियत नै नरहेको बताउँदै उनीहरुले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र अस्पतालको संवेदनशीलतालाई देखाएर खेल्ने काम मात्रै गरेको बताए । उनले भने, ‘उनीहरुले जानेको भनेकै षडयन्त्र, जे जे गरेर हुन्छ फाइदा लिने भन्ने हो । इमान्दार भइदिएको भए यो विवाद नै हुन्थेन् । मलाई अदालत धाउनुपर्ने, उनीहरुसँग विवाद गरेर बस्नुपर्ने थिएन् ।’

अदालतले रोक्का गरेको बैंक खाता कसरी उनीहरुले सञ्चालन गरे ? यो गम्भीर विषय हो भन्दै रुप ज्योतिले अदालतको आदेशविपरितका गैरकानुनी गतिविधिले ग्राण्डी कब्जा गर्ने हालको समूह सबै कारोबार गरिरहेको गरेको सुचना आफूले पाएको बताउँदै त्यसरी अनधिकृतरुपमा कारोबार गर्नेहरुविरुद्ध आफूहरुले पनि त्यहीअनुसारको कदम चाल्ने बताए । 

अदालतले अस्पतालको आयविवरण माग्दा नदिएर उल्टै जालझेल गर्ने र उजुरी गर्ने काममा अहिलेका ग्राण्डकी सञ्चालकहरु लागेको पनि उनले बताए । यस कार्यले अस्पतालका कर्मचारीहरुलाई समेत अप्ठयारो पार्ने रुप ज्योतिको भनाई थियो । 

उनले साउन २८ गतेलाई ग्राण्डीको साधारणसभा बोलाएकाले उक्त दिन अस्पतालमा भएको बदमासी, आर्थिक अनियमितता, गैरकानुनीरुपमा भएका कामकारवाहीको विषयमा आफूहरुले कुरा उठाउने बताए । रुप ज्योतिले भने, ‘१० प्रतिशत पनि लगानी नभएकाहरुले आफूअनुकुलको नियम बनाएर अस्पताल कब्जा गर्ने कुराले न अस्पतालको हित हुन्छ, न अस्पतालमा काम गर्नेको हित हुन्छ । यस्तो अस्वस्थ व्यवसायिक कल्चरबाट कुनै पनि व्यवसायिक संस्थाको हित हुँदैन् । त्यो माथि यो भनेको त अस्पताल जस्तो संवेदनशील विषय हो ।’ 

अस्पतालले आफूहरुलाई तिर्न बाँकी रकम एक अर्ब ५० करोड रुपियाँभन्दा बढी भइसके अहिले आफूहरुले माग गरेको रकम २० करोड रुपियाँ भएको ज्योति समूहको भनाई छ । विवाद सुरु भएसँगै सबैभन्दा ठूलो लगानीकर्ता रुप ज्योतिलाई सञ्चालक समितिबाट हटाएको कुँवर समूहले विभिन्न बहानामा समय लम्ब्याउँदै रकम दिन आलटाल गर्ने काम गर्दै आएकोले बाध्य  भएर अदालत जानुपरेको ज्योति समूहको गुनासो छ । 

अदालतले आदेश दिँदा पनि ग्राण्डी अस्पतालद्धारा ज्योति समूहलाई रकम दिन आनाकानी

Advertisement

Advertisement