लुम्बिनीमा पर्यटकका लागि विद्युतीय बस संचालन गरिने

लुम्बिनी गुरूयोजनाविपरीत ‘संसारा वेलनेस’ नामक रिसोर्टलाई जग्गा दिने निर्णय खारेज

Advertisement

काठमाडौं । लुम्बिनी विकास गुरूयोजना विपरीत एक रिसोर्टलाई जग्गा दिने पूर्वनिर्णय नयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले खारेज गरेका छन् । 

लुम्बिनी विकास कोष परिषद्का अध्यक्षसमेत रहेका श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले ‘क्याम्पेन ग्राउन्ड’को जग्गा निजी कम्पनीलाई दिने गत बैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

Advertisement

गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी क्षेत्रभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको स्रोतले बतायो । बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि एक महिनाभित्र विद्युतीय बस संचालन गर्ने निर्णय पनि गरेको छ । 

परिषद बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने, विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement