कांग्रेसमा आउन बालेनलाई गगनको पटक पटक दबाब, बालेनद्धारा अस्वीकार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका युवा नेता गगन थापाले स्वतन्त्ररुपमा काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन्द्र शाह (बालेन)लाई आफ्नो पार्टीमा आउन दबाब दिएका छन् । 

थापाले फकाउने क्रममा दुई–तीन पटक भेटेर मनाउने प्रयास गरे पनि बालेनले तत्काल कुनै पार्टीमा प्रवेश गर्ने आफ्नो सोच नरहेको बताउँदै काठमाडौं महानगरको विकासमा सहयोग गर्न आफूलाई सबैको सहयोग जरुरी रहेकाले कुनै पार्टीमा नलाग्ने जवाफ दिएको उनीनिकट स्रोतले बतायो । 

Advertisement

बालेनसँग निकट मानिने पूर्वसचिव भीम उपाध्यायले पनि सो कुरालाई स्वीकार गर्दै जतिसुकै दबाब दिए पनि बालेन तत्काल कुनै पार्टीमा नजाने बताए । अर्जुन प्रसाईं जस्ता चर्चित अनुहारले आउँदो संसदीय निर्वाचनमा चुनौति दिएपछि गगनले आफूलाई भावी प्रधानमन्त्री घोषणा गर्नुका साथै बालेन शाहलाई आफ्नो पार्टीमा भित्राएर जित सुनिश्चित गर्न खोजेको देखिन्छ । 

पूर्वसचिव उपाध्याय भन्छन्, ‘गगनले बालेनलाई मात्रै होइन्, रवि लामिछानेलाई पनि जान खोजेको हो । उनीले पनि नमानेर नयाँ पार्टी खोलेका हुन् । बालेन राजनीतिक खालको मान्छे होइन् । अर्को कुरा  अहिले नै पनि उनलाई सबैको साथ छ । भोलि कुनै पार्टीमा लागेपछि अहिलेको झन आलोचित हुनुपर्छ । काम गर्न गाह्रो हुन्छ भन्ने उनले बुझेका छन् ।’

बालेनले आफूलाई जिताउने मतदाता को हुन ? राम्रोसँग बुझेकाले  गगनले दबाब दिँदैमा उनी पार्टीमा नलाग्ने विश्वास व्यक्त गरे । ‘यदि प्रवेश नै गर्ने भए पनि कार्यकालको अन्तिमतिर कुनै दलमा गर्न सक्लान । तर अहिले गर्दैनन् भन्ने मलाई लाग्छ’, उपाध्यायले भने । बालेनले बोल्दै नहिंडे पनि उनले विश्लेषण गर्नसक्ने मानिस हो भन्दै उनले जुन जनाधार र सेन्टिमेन्टबाट बालेन विजयी भएका छन्, त्यसलाई छोडेर कुनै दलमा जाँदा त्यो मेल नखाने बताए । 

उपाध्यायले अहिले नै पनि महानगरभित्र ठूला दल र विभिन्न स्वार्थ समूहका अवरोध हुँदाहुँदै पनि बालेनले मौन रहेर नै काम गर्ने प्रयास गरिरहेको बताउँदै त्यो अवरोधलाई चिरेर काम गर्न सके भने भोलिका लागि अगाडि बढ्न सहज हुने बताए ।  

Advertisement

Advertisement