प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा, समितिमा ११ जना

Advertisement

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच बहुमतले पारित गरेर उक्त प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो । 

Advertisement

महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् । 

प्रधानन्यायाधीशविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । सिफारिस समितिले अभियोग ठहर गरेपछि मात्रै निलम्बन गर्नुपर्ने भए पनि सभामुखले महाभियोग दर्ता हुनासाथै जबरालाई निलम्बनको पत्र पठाएका थिए । 

महाभियोगमाथि छलफलका क्रममा एमालेका सांसदहरूले लामो समयसम्म प्रस्तावमाथि छलफल नगरेको, तीन महिनाभित्र टुंग्याउनुपर्ने विषयलाई पाँच महिनापछि सुरु गरेको, कामचलाउ सरकारले संसदलाई विजनेश दिन नमिल्नेमा महाभियोगको प्रस्ताव अघि बढाएको भन्दै राजनीतिक स्वार्थ पूर्तिका लागि सत्ता पक्षले महाभियोगलाई प्रयोग गरेको बताएका थिए । 

Advertisement

Advertisement