‘सुपर डान्सर नेपाल’ रियालिटि शोको प्रयोजक डिशहोम फाइबरनेट

Advertisement

काठमाडौं । आउने सातादेखि एक टेलिभिजनमा प्रशारण सुरु लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ । साथै, उक्त कार्यक्रमको इन्टरनेट पार्टनर पनि डिशहोम फाइबरनेट भएको छ । 

‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटि शो ‘सुपर डान्सर’को फ्रेन्चाईज प्रोडक्ट हो । भारतमा समेत अहिलेसम्म कै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटि शो को रुपमा परिचित यो कार्यक्रममा चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने छ । 

Advertisement

‘सुपर डान्सर नेपाल’को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् । काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भईसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने बताइएको यस कार्यक्रमका लागि  डिजिटल अडिसन समेत गरिएको थियो । 

कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कविता नेपाली रहने छन् । हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टिभीमा साउन २६ गते राती ९ बजेदेखि प्रसारणमा आउँदैछ । 

Advertisement

Advertisement