कांग्रेसको भातृ संगठन तरुण दल राष्ट्रपतिलाई महाभियोग लगाएर पदच्युत गर्नुपर्ने पक्षमा

Advertisement

काठमाडौँ । सत्तारुढ घटक नेपाली कांग्रेसको भातृ संगठन नेपाद तरुण दल राष्ट्रपति विद्या भण्डारीलाई महाभियोग लगाएर पदच्युत गर्नुपर्ने पक्षमा देखिएको छ । 

नागरिकता विधेयक फिर्ता गरेको विरोधमा तरुण दलले भण्डारीको राजीनामा माग गर्दै राजीनामा नदिए महाभियोग लगाएर हटाउनुपर्ने बताएको हो । विवादास्पद नागरिकता विधेयक फिर्ता लिन राष्ट्रपति भण्डारीले चर्को दबाब थियो । फिर्तापछि उनको कदमको स्वागत भइरहेको बेला तरुण तलले भने आलोचना गरेको हो ।  

Advertisement

तरुण दलका अध्यक्ष विद्वान गुरुङले नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिताविहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकारसमेत कुण्ठित हुनेगरी उक्त विधेयक फिता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरि अन्धकारको भुमरीमा धकेलिएका छन्।’

राष्ट्रपतिले पदको मर्यादामा बसेर नभई सीमित राजनीतिक दलको चौघेरामा बसेर काम गरेको आरोप तरुण दलले लगएको छ ।

Advertisement

Advertisement