एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर हस्पिटलमा छुट दिने सम्झौता

Advertisement

काठमाडौँ ।  एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल कर्णाली प्रदेशका उप निर्देशक दिपककुमार गौतमले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटलमा केबिन (डिलक्स) मा २५ प्रतिशत, केबिन (नर्मल) र होल बडी चेकअपमामा २० प्रतिशत, अप्रेशन शुल्कमामा १५ प्रतिशत, सिटी स्क्यान, एक्सरे, यूएसजी, इको, इण्डोस्कोपी, आईसीयू÷एनआईसीयू, पोस्ट अप, डेन्टर र एमबुलेन्समा  १० प्रतिशत र प्याथोलोजी तथा फार्मेसी (मेडिशिन) मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement