रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’ सुरु

Advertisement

काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । 

यो योजना अनुसार रेनोको कुनै पनि मोडलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनसलगायत अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्ने कम्पनीले  जनाएको छ । नेपालीहरुको महान चाड विजयादशमी, दीपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्देश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । 

यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले दावी छ । रेनोको काइगर, ट्राइबर, क्विड लगायत भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । यो योजनामा आफ्नो नियम तथा शर्तहरु लागु हुने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement