आइएमईका ग्राहकलाई क्रिस्टल डाइग्नोस्टिकमा १५ प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ ।

नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौता मार्फत आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउने छन् । 

Advertisement

हालको निम्ती ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने छन् । 
 

Advertisement

Advertisement