भीमफेदीमा बस खस्दा सात जनाको मृत्यु, गजुरीमा बसको ठक्करबाट बालकको ज्यान गयो

Advertisement

काठमाडौं । हेटौंडा–कुलेखानी मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा मिनि बस दुर्घटना हुँदा बिहीबार सात जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । 

Advertisement

त्यस्तै, धादिङको गजुरीमा बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा अध्ययन गर्ने विद्यार्थीसमेत रहेका छ बर्षीय बालक विजय परियारको ज्यान लिएको हो । 

बसको ठक्करबाट घट्नास्थलमै बालको मृत्यु भएको थियो । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले उनलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुको भनाई छ । बालको मृत्युपछि गजुरी बजार तनावग्रस्त हुनुका साथै आक्रोसित स्थानीयले ठक्कर दिने बस जलाइदिएका थिए । घटनाका कारण यातायातसमेत केही समय अवरुद्ध भए पनि अहिले सुचारु भइसकेको छ । 

Advertisement

Advertisement