लालीगुराँसमा साना सहकारीहरु गाभिने क्रम सुरु, सुरुवात गतिशील सहकारीबाट

Advertisement

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गतिशील बहुउद्देश्यीय सहकारी संस्था मर्जरमा जाने भएका छन । दुई संस्थाबीच एकीकरणमा जाने सहमति भएको लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । 

ललितपुरमा मुख्य कार्यालय रहेका दुवै संस्थामध्ये लालीगुराँस मुलुककै ठूलो सहकारीहरुमध्येमा पर्दछ । लालीगुराँस सहकारीले जलविद्युतदेखि व्यवसायिक गाईपालन, डेरी उद्योग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । यस मर्जरले दुवै संस्थाका सदस्यहरुलाई फाइदा पुग्नुका साथै संस्थाको लागत घटाउनसमेत सहयोग पुग्ने आशा गरिएको भण्डारीले बताए । 

Advertisement

उनले निक्षेपकर्ताहरूको हित तथा सुविधाका लागि मर्जरमा जान लागेको भन्दै क्रमशः अरु संस्थाहरूलाई पनि गाभ्दै जाने बताए । ललितपुरकै स्टार बचत तथा ऋण सहकारीलाई पनि मर्जर प्रक्रियामा ल्याउन पहल भइरहेको भण्डारीले बताए । 

बैंकदेखि बीमा कम्पनीहरु मर्जरमा जाने लहर चलिरहेको बेला पछिल्ला दिनमा सहकारी संस्थाहरु पनि मर्जरमा जान थालेका हुन् । 

Advertisement

Advertisement