काठमाडौं महानगरपालिकाको दशैंलक्षित बजार अनुगमन, अखाद्य वस्तु धेरै भेटियोः डंगोल

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँ ्लक्षित बजार अनुगमन गरेको छ । मंगलवार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले बजार अनुगमन गरेको हो । 

उनको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको थियो । टोलीले महानगरभित्र रहेको भित्री पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरेनगरेको, सामानको उत्पादन मितिको जाँच गरेको थियो । 

Advertisement

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानीमा डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउँदै बेच्ने मात्र नभई किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन् । 

डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने बताइन् । उनले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिइन् । अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन्  । 

उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताइन् । थापाले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता जनाइन । थापाले यस वर्षको दशैँका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताइन् । उनले कतिपय च्याङ्ग्राहरु आइसकेको र केही आउने क्रममा रहेको पनि जानकारी दिइन् । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । उनले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आलोचना गरे । 

तिमल्सिनाले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानूनले नै बर्जित गरेको बताए । उनले सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताउनु भयो । 

Advertisement

Advertisement