जनमत ठूला दल र पूराना नेताको पक्षमा नदेखेपछि प्रत्यक्ष चुनाव लड्ने तयारीबाट भट्टराई फिर्ता

Advertisement

काठमाडौं । पछिल्लो समय नेपाल समाजवादी पार्टी नामक दल खोलेर त्यसको अध्यक्ष रहेका नेता बाबुराम भट्टराईले आउँदो संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् । 

भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । पछिल्लो आम जनमत ठूला दल र पूराना नेताहरुभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरुतर्फ बढेको छ । यसअघि अन्तिम पटक प्रत्यक्ष चुनाव लड्ने बताएका भट्टराई चुनावी नजिता आफ्नो पक्षमा नआउने देखेपछि पछि हटेका हुन् । 

Advertisement

उनले आफूलाई यसअघि चुनाव जिताउने मतदातालाई धन्यवाद पनि दिएकाछन् । भट्टराईले माओवादीको डर त्रासमा चुनाव जितेको भन्दै अघिल्लो चुनावमा उनको चर्को आलोचना पनि हुने गरेको थियो । भट्टराईले भनेका छन्, ‘२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु । आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने बताउँदै थपेका छन्, ‘चुनावनलड्नु भनेको राजनीति छोड्नु हैन् । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन् । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

यसअघि संसदको अन्तिम बैठकमा बोल्दै उनले आम जनता कांग्रेस, कम्युनिष्ट पार्टीहरुबाट निराश रहेको र बालेन शाह, हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारहरुको पक्षमा देखिएको भन्दै यो लहरले आगामी चुनावको नजिता अनपेक्षित हुनसक्ने बताएका थिए । 

Advertisement

Advertisement