अमलेखगञ्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २० घाइते
Source: pawan-gupta

Advertisement

काठमाडौं । बाराको जितपुर सिमरास्थित अमलेखगञ्जमा बिहीबार बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस जितपुर सिमराको तीन नम्बर पुल नजिक दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलबाट उद्दार गरी अस्पताल पुर्याइएको र उनीहरुमध्ये १६ जनाको मृत्यु भएको र २० जना घाइते रहेका छन् । उनीहरुको हेटौंडा अस्पताल, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । दुईहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement