बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने

Advertisement

काठमाडौं । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा नवीन र फरक खालका प्रोडक्टहरु ल्याउने प्रतिस्पर्धा छ । यस्ता निक्षेप योजनामा बचतकर्ताहरुको चासो र आकर्षण पनि देखिने गरेको छ । यस्तै प्रोडक्टहरुमध्ये सनराइज बैंकले ल्याएको ‘गज्जब मुद्दती खाता’ वास्तवमा गज्जब कै महशुस हुन्छ । 

सनराइज बैंकले ल्याएको ‘गज्जब मुद्दती खाता’मा निश्चित समयसम्म रकम राखेपछि १५ गुणासम्म प्रतिफल पाइन्छ । यस खालको योजना ल्याउने सनराइज एक मात्रै बैंक हो । यस खातामा २२ बर्ष छ महिनासम्म निरन्तर मुद्दती गर्दा १५ गुणा प्रतिफल प्राप्त हुन्छ भने १९ बर्ष एक महिनासम्म निरन्तर मुद्दती गर्दा १० गुणा र १३ बर्ष छ महिना निरन्तर मुद्दती गर्दा ५ गुणा प्रतिफल प्राप्त हुन्छ । जस्तोः साढे २२ बर्षका लागि एक करोड रुपियाँ यस खातामा राखेमा १५ करोड रुपियाँ प्राप्त हुन्छ ।  

Advertisement

यस खातामा बचतकर्ताले ब्याज र साँवा एकमुष्ठ पाउँछन् । सनराइज बैंकले ‘फ्ल्यागसिप प्रोडक्ट’को रुपमा लिएको यो योजनामा मानिसहरुको निकै धेरै आकर्षण रहेको यसले बताएको छ । यो योजना सीमित अवधिका लागि भएको बैंकको भनाई छ । 

सन्ततीका लागि, वृद्धावस्थाका लागि र बढी प्रतिफलका लागि
आफ्नो सन्ततीले भविश्यमा दुःख नपाओस्, वा उसको विवाह वा उच्च शिक्षा अध्ययनका लागि पैसाको अभाव नहोस भन्ने दीर्घकालिन सोच राख्ने निक्षेपकर्ताका लागि ‘गज्जबको मुद्दती खाता’ बढी लाभदायक देखिन्छ । साथै, आफ्नो सन्तानले भविश्यमा दुःख नपाओस भनेर अभिभावकले कुनै छोराछोरीको नाममा यस खातामा रकम बचत गरिदिन सक्ने अवस्था पनि रहन्छ ।  

अर्कोतर्फ आफ्नै सन्तानबाट भविश्यमा रेखदेख हुननसक्ने अवस्थालाई दृष्टिगत गरी निश्चित रकम यस खातामा राख्दा यसले आफ्नो बु्ढ्यौली जीवनमा पर्नसक्ने आर्थिक अभाव टार्न पनि सहयोग पुग्ने देखिन्छ । 

पछिल्लो समयमा बढी प्रतिफलका लागि मानिसहरुले लगानी तथा बचतका लागि सुरक्षित र उपयुक्त ठाउँ खोज्ने क्रम बढेको छ । सनराइज बैंकले ल्याएको यो योजना त्यस्ता मानिसहरुका लागि पनि बढी उपयोगी देखिन्छ । एकमुष्ठ ठूलो रकम आउँदा निक्षेपकर्ताले ठूलो काम गर्नसक्ने अवस्था पनि रहन्छ । यस योजनामा अहिलेको अधिकतम् १२।१३३ प्रतिशतको ब्याजदरका आधारमा रकम मुद्दती खातमा राखेपछि सोही ब्याजदरमा आधारमा पछिसम्म आफ्नो प्रतिफल सुनिश्चित भइरहन्छ । 

स्वास्थ्य बीमादेखि दुर्घटना बीमासम्म सुविधा
‘गज्जब मुद्दती खाता’को विशेष आकर्षणको रुपमा बीमा सुविधा रहेको छ । यस मुद्दती खातामा पैसा राख्ने क्रममा नै त्यसबाट आउने ब्याज राख्नका लागि सनराइज बैंकले बचत खाता पनि खोल्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी खोलिएको बचत खातामा एक लाख रुपियाँसम्मको स्वास्थ्य बीमा सुविधा र पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमाको सुविधा निःशुल्क प्राप्त हुन्छ । 

स्वास्थ्य बीमाअन्तर्गत एक बर्षसम्म २० हजार रुपियाँसम्मको ओपीडी सुविधा र ८० हजार रुपियाँसम्मको अस्पताल बसेर गरेको उपचारको सुविधा रहेको छ । तोकिएको रकमसम्मको सुविधा निक्षेपकर्ताले पटक पटकको उपचारबाट लिन सक्छन् । उपचारवापत पाइने सुविधा नेपालभित्र मात्रै नभएर भारत, सिंगापुर, थाइल्याण्डमा उपचार गर्दा पनि पाइन्छ । 

अरु बैंकले स्वास्थ्य बीमा र दुर्घटना बीमाको सुविधा खास खास एक–दुई वटा बचत योजनामा मात्रै दिने गरे पनि सनराइज बैंकले भने आफ्ना सबै बचत खातामा यो सुविधा प्रदान गरेको छ । ‘गज्जब मुद्दती खाता’ खोल्दा खोलिने बचत खातामा बैंकले अहिले ९।१३ प्रतिशत ब्याजदर दिइरहेको छ । 

नब्बे प्रतिशतसम्म कर्जा सुविधा
‘गज्जब मुद्दती खाता’मा सनराइज बैंकले ९० प्रतिशतसम्म कर्जा सुविधा दिने व्यवस्था पनि गरेको छ । मुद्दती रकमको ब्याजदर बढ्दै गएसँगै बढेको रकममा ९० प्रतिशतसम्म कर्जा पाइने भएकाले निक्षेपकर्तालाई थप आकर्षण बढेको बैंकको भनाई छ । यसबाहेक लकर सुविधामा ५० प्रतिशत, डिम्याट खातालगायतका छुट पनि छ । 

Advertisement

Advertisement