चुनावको मौका छोपेर अधिकांश उपभोग्य सामानको मूल्यवृद्धि, सरकारले ध्यानै दिएन्ः उपभोक्ता

Advertisement

काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । मंसिर ४ गते हुन लागेको संसदीय निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । 

सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 

Advertisement

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताउनु भयो । उहाँले पछिल्लो  समय खाने तेल, दाल, चामल मात्रै होइन नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताए । 

पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको बताउनु भयो । उनले दशैँ—तिहारको समयमा २४० रुपियाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपियाँ पुगेको जानकारी दिए । बज्राचार्यले सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको बताए । 

उनो भारतले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा चारसय रुपियाँसम्म बढेको बताए । बज्राचार्यले भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइ र चामलको मूल्य घटेर आएपनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको बताए । 

उनले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरुले चुनावमा पार्टीहरुलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगा । निर्वाचनको समयमा सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको उनको भनाई छ । 

सरकारले उपभोक्ताको हीतमा चासो नराखेको भन्दै बज्रचार्यले चिन्ता व्यक्त गरे । उनले उपभोक्ताहरुको हीतमा काम गर्ने हो भने बजारमा भएको अत्याधिक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ने बताए । बज्रचार्यले अनुगमन गर्ने निकाय उपाभोक्ता हीत संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्यवृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीहरुकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्यवृद्धि भइरहने बताए । 

त्यस्तै, कुलेश्वमा खाद्यान्न किन्न आएकी विष्णु प्रधानले दाल चामल तथा तेलको मूल्यवृद्धि अत्याधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गरिन । उनले भारतले चामलमा लगाएको कर घटाएको भनिए पनि व्यापारीहरुले मूल्य नघटाएको बतायन् । 

प्रधानले सरकार निर्वाचनमा मात्रै नभएर उपभोक्ताले प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्यको विषयमा पनि बजार अनुगमनमा ध्यान दिनुपर्ने बताइन् । बजारमा व्यापारीहरुले भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपाली चामलको मूल्य घटेर आएको बताएका छन् । तर बजारमा उपभोक्ताहरुले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरु मारमा परेका छन् । सरकारले समयमा नै बजार मूल्य नियन्त्रणका लागि बजार अनुगमन गर्नुपर्ने आवश्यक देखिएको छ । 

Advertisement

Advertisement