त्रिभुवनविमानस्थलको हवाई इन्धन टंकीमा आगलागी, ठूलो क्षति हुनुअघि नै नियन्त्रण

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निगमको हवाई इन्धन ट्यांकीमा आगलागी भएको छ । आगलागी नियन्त्रण भए पनि ठूलो दुर्घटनाबाट विमानस्थल क्षेत्र जोगिएको छ । 

 विमानस्थल परिसरभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धनको ट्यांकी (बाउजर)मा आगलागी भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मंगलबार बिहान करिब ११ बजेर ४० मिनेटमा आन्तरिक तर्फको पार्किङ स्थलमा रहेको निगमको हवाई इन्धनको ट्यांकीमा आगलागी भएको थियो। 

Advertisement

उनले आगलागी अहिले नियन्त्रणमा आइसकेकाले कुनै थप क्षति नभएको बताएका छन् । आगलागी भएसँगै विमानस्थलमा रहेको दमकल तत्कालै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । 

सिटौलाले कुनै मानवीय र ठूलो भौतिक क्षतिविना नै आगलागी नियन्त्रण भए पनि यस घट्नाका कारण हवाई उडानमा केही समय अवरोध  भएको बताए । आगलागी भएका कारण आन्तरिकतर्फका उडानहरु ढिलाई भएका थिए । 

Advertisement

Advertisement