करका नीतिहरु पूराना भए, सुधार गर्छौंः अर्थसचिव

Advertisement

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान प्रदान गर्दै उनले करका नीतिहरु पूराना भएकाले समय अनकुल सुधार गरिने बताएका हुन् । 

पुस्करले पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको बताए । उनले नेपालमा मात्रै राजश्व संकलनमा चुनौती नभएको भएर विश्वका ठूला राष्ट्रहरुमा समेत चुनौती देखिएको बताए । 

Advertisement

पुस्करले नेपालको राजश्व संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको पनि बताए । उनले भने, ‘खासै आत्तिनुपर्छ जस्तो लागेको छैन् । संसारभर नै चुनौती छ । समस्या छ । नेपाल मात्रै देश होइन जहाँ कर प्रणालीमा पनि संकुचन भएको छ । प्रेसर भएको छ । । अमेरिकामा पनि कर प्रणालीमा हेर्नुस् । चीनमा हेर्नुस् । विभिन्न प्रकारका रेस्टिक्शनका कुराहरु छन् । औद्योगिक उत्पादन, आयात, निर्यातका कुराहरुमा पनि कन्स्टेन्टहरु भइरहेको छ । कर नीतिमा केही कुराहरु सुधार गर्नुपर्ने छ । किनभने अहिले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र हाम्रा प्रविधिहरु पनि परम्परा रुपमा रहेका छन् । त्यसलाई अहिलेको बदलिँदो परिप्रेक्ष्यमा केही न केही कुराहरु परिवर्तन गर्न जरुरी छ ।’

Advertisement

Advertisement