वागमती नदी  किनारमा बस्दै आएका सुकुम्वासीहरुको महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

Advertisement

काठमाडौं । थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

सोमबार हिंसात्मक विरोधमा उत्रिएका उनीहरुले आज भने महानगरपालिका घेरेका हुन् । ठूलो  संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेको भन्दै बिरोध जनाएका थिए । 

Advertisement

एकीकृत वागमती सभ्यता विकास समितिको निर्णयको आधारमा महानगरपालिकाको सुरक्षा टोली डोजरसहित नदी किनारका घर टहरा भत्काउन गएपछि सुकुम्वासीहरुले ढुंगामुढा गरेका थिए । घरेलु हतियारसहित प्रदर्शन गरेका उनीहरुले सडकमा टायर पनि बालेका थिए । उनीहरुको आक्रमणमा परी झण्डै तीन दर्जन मानिस घाइते भएका थिए । 

आज नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन शाह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध बृहत खबरदारी र्याली’ नाम दिइएको बिरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी सम्वद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा बिरोध प्रदर्शन भएको छ । 

वागमती नदी किरारका सुकुम्वासीलाई राजनीतिक संरक्षणसमेत रहेको छ । काठमाडौं क्षेत्र नम्बर १ का साँसद प्रकाशमान सिंहले उनीहरुलाई भाट बैंकको रुपमा प्रयोग गर्दै आएका छन् । 

Advertisement

Advertisement