सुकुमबासीका नाममा हतियारसहित आक्रमण गर्नेहरुलाई पक्राउ गर्न महानगरको प्रहरीलाई पत्र

Advertisement

काठमाडौं । थापाथलीमा सुकुम्बासीका नाममा हतियारसहित आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्र काटेको छ । 
 
वागमती नदी किनार अतिक्रमण गरी बस्दै आएका सुकुम्वासीले  हतियारसहित प्रदर्शन गर्ने र महानगरका सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्र काटिएको हो । 

एकीकृत वाग्मती सभ्यता विकास समितिले सार्वजनिक सुचना जारी गरेर हट्न आव्हान गर्दा पनि नहटेपछि नदी किनारका घरटहरा हटाउन महानगरको टोली डोजरसहित थापाथली पुग्दा आक्रमण भएको थियो । त्यस क्रममा महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहित तीन दर्जन मानिस घाइते भएका थिए । 

Advertisement

गृह मन्त्रालयलाई समेत बोधार्थ दिएर महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत उल्लेख गरिएको छ । 

Advertisement

Advertisement