एउटा पर्यटन क्षेत्रको लागि मात्रै हेरेर नीति बनाउँदा हवाई उडानको विकास भएन्ः अधिकारी

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् । 

बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा उनले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताए । 

Advertisement

सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौतिलाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताउँदै अधिकारीले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रको लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साघँुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको बताए । 

उनले पूर्व नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै वृहत अर्थ बुझेका विज्ञहरुबाट हवाई नीति बनाउनुपर्ने बताए । 

अधिकारीले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरु बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताए । 

Advertisement

Advertisement