देशकै ठूलो मेला ‘विराट एक्स्पो’ बिहीबारदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

Advertisement

काठमाडौं । देशकै ठूलो मेलाको रुपमा आयोजना हुँदै आएको ‘विराट एक्स्पो’ बिहीबारदेखि विराटनगरमा सुरु हुने भएको छ । ‘विराट एक्स्पो’को यो सातौं संस्करण हो । यस मेलाको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको मेला विराटनगरको डिग्री क्याम्पस परिसरमा आयोजना गर्न लागिएको हो । मेला आयोजनाका लागि सबै तयारी करिव पूरा भइसकेको मेला संयोजक भोलेश्वर दुलालले बताए । 

Advertisement

उनले सबैभन्दा धेरै प्रदर्शनीकर्ता रहेको देशकै ठूलो मेला हो भन्दै ‘विराट एक्स्पो’मा ४७५ स्टलहरु रहने र सात देशका व्यवसायी सहभागी हुने बताए । दुलालका अनुसार मेलामा औद्योगिक, कृषि, ट्रेडिङको अलग अगल प्याभिलियनहरु छ । मेलामा नयाँ स्र्टाटअफ विजनेश कहाँ र केबाट सुरु गर्ने ? नेपालमा संभावना के के को छ ? के गर्दा बढी प्रतिफल लिन सकिन्छ ? भन्ने विषयमा देशभरका विज्ञ आएर मेला अवधिभर सेमिनार सञ्चालन हुनेछ । 

सात दिनसम्म चल्ने यस मेला पूर्वी क्षेत्रको पर्यटनको मुख्य आकर्षण के के हो ? भन्ने विषयमा पनि सम्वन्धित क्षेत्रका विज्ञ ल्याएर सेमिनार गरिने उनले बताए । दुलालले कृषिमा पनि कुन क्षेत्रमा बढी प्रतिफल प्राप्त गर्न सकिन्छ ? कसरी उत्पालन बढाएर आयात कम गर्न सकिन्छ ? कृषिकहरुले कसरी कम लागतमा बढी आम्दानी लिनसक्छन् ? भन्ने विषयमा पनि छुट्टै सेमिनार चल्ने बताए । 

स्टलहरुमा के के सामान राखिएका छन् ? भन्ने कुरा रोबोटले जानकारी दिने व्यवस्था गरिएको यस मेलामा अनलाइनबाट नै टिकट बुकिङको व्यवस्था गरिएको छ । संयोजक दुलालले अन्तर्राष्ट्रियस्तरमा मेला कस्तो हुन्छ ? भन्ने कुराको झलक दिने गरेर यस पटक मेलाको तयारी गरेको बताउँदै यसले अहिलेको असहज आर्थिक अवस्थामा आर्थिक तथा व्यवसायिक गतिविधि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । मेलामा सहभागी हुन व्यवसायीहरुको उत्साह बढ्दै गएकाले स्टलको संख्या बढ्नक्ने उनले बताए । 

विराट एक्स्पोको अवलोकन तीन लाखले गर्ने र ३० करोड​ रुपियाँको कारोबार हुने अनुमान गरिएको छ । 

Advertisement

Advertisement