विराट एक्स्पो सुरु, विराटनगरसँग औद्योगिक क्षमता भए पनि विरासत जोगाउन मुस्किल पर्योः राष्ट्रपति

Advertisement

काठमाडौं । पूर्वको प्रमुख शहर तथा व्यवसायिक नगरी विराटनगरमा बिहीबारबाट ‘विराट एक्स्पो’ सुरु भएको छ । मेलाको राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरिन् । 

उद्योग संगठन मोरङको आयोजनामा भएको सात दिने यस मेलाको उद्घाटनका क्रममा भण्डारीले विराटनगरसँग औद्योगिक क्षमता धेरै भए पनि विरासत जोगाउन मुस्किल परेको बताइन् । विराटनगर क्षेत्रले इतिहासदेखि उद्योगमा ठूलो विकास गरेको भए पनि पछिल्लो समय आफ्नो विरासत जोगाउन यस क्षेत्रले ठूलो संघर्ष गर्नु परेको उनको भनाई थियो । 

Advertisement

भण्डारीले महाभारत कालदेखि विराट राजासँग पनि विराटनगरको सम्बन्ध जोडिएको भन्दै त्यसबाट पनि सबैले ठूलो शिक्षा लिने ठाउँ रहेको बताइन । उनले परिश्रमी र उद्यमीहरुतर्फ सबै पक्षको विशेष ध्यान जान जरुरी भएको बताइन् । निजी क्षेत्रको समस्या समाधानमा सरकारको ध्यान जाने भण्डारीको विश्वास छ । 

उत्पादनमूलक क्षेत्रको विकासमा विराट एक्स्पो लाभदायी हुने राष्ट्रपति भण्डारीको विश्वास छ । उनले उत्पादन वृद्धि, खरिद बिक्री तथा उद्योगी व्यवसायीहरुबीच सीप आदान प्रदानमा मेला सहयोगी हुने बताउँदै छिमेकी राष्ट्र भारतसँग पारस्परिक सम्बन्ध कायम गर्न यस्ता प्रदर्शनी आवश्यक रहको बताइन् । 

राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण शिथिल भएको व्यवसायलाई यस प्रदर्शनीले सहयोग गर्ने भन्दै 
उत्पादनको वृद्धिबाटै उद्योग व्यवसायमा नयाँ गतिशिलता प्राप्त हुने, देशले आर्थिक विकास पाउने बताइन् । 
 
विराटनगरदेखि संखुवासभाको किमाथांकासम्मको बाटोले चीन जोडने नयाँ ढोका खोल्ने सम्भावना रहेको उनको भनाई छ । उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ निर्माणका लागि उद्योगी र किसानबीच सहकार्यको आवश्यकता रहेको बताउँदै उनले चुलिँदो व्यापार घाटा सन्तुलनमा ल्याउन र युवा पलायन रोक्न प्रदर्शनी लाभदायी हुने बताइन् । 

Advertisement

Advertisement