भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’, पुस १९ सम्म चल्ने, उपभोक्तालाई विशेष अफर

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला २०७९’ सञ्चालनमा आएको छ । पुस १९ सम्म सञ्चालन हुने जनाइएको यस मेला विभिन्न आठ वटा नाम चलेका नेपाली जुत्ता चप्पल ब्राण्डको सहभागिता रहेको छ । 

विशेषगरी जाडोलाई लक्षित गरेर उपभोक्तालाई विशेष छुट अफरसहित सञ्चालन गरिएको जुत्ता चप्पल मेलामा उपभोक्ताको निकै धेरै आकर्षण देखिएको छ । मेलामा महिला, पुरुष, बच्चाका लागि चुत्ता चप्पल मात्रै नभएर पार्टी र स्पोर्टस शुका आकर्षण मोडलहरु राखिएको छ । 

Advertisement

मेला आयोजकमध्येका एक सुविन कार्कीले एक सय रुपियाँदेखि १० रुपियाँसम्म पर्ने जुत्ता चप्पल मेलामा राखिएको बताउँदै उपभोक्ताले आफ्नो चाहनाअनुसारको क्वालिटि, डिजाइन र मूल्यमा जुत्ता चप्पल किन्नसक्ने बताए । 

उनले भने, ‘यहाँ आइसकेपछि पूरै परिवारलाई नै हुने खालका सबै उमेर समूह र डिजाइनका जुत्ता चप्पलहरु राखेका छौं । वारेन्टीको पनि व्यवस्था छ ।’ कार्कीले विगतमा पनि आफूहरुले यस किसिमको मेला आयोजना गर्दै आएको अनुभव सुनाउँदै यस पटकको मेलामा मानिसहरुको बढी आकर्षण देखिएको बताए । 

Advertisement

Advertisement