एईसीसीमा भिसा सक्सेस रेट ९८ प्रतिशत, युरोपका थप मुलुकमा अध्ययन सुविधा

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा (एजुकेशनल कन्सल्ट्यान्सी) तथा भिसा सेवामा विगत १२ बर्षदेखि क्रियाशील बहुर्राष्ट्रिय संस्था एईसीसीले भिसा सक्सेस रेट ९८ प्रतिशत कायम गर्न सफल भएको छ । 

धेरै यस्ता संस्थाहरुमा भिसा सक्सेस रेट निकै न्यून रहेका कारण विद्यार्थीहरुले सास्ती भोगिरहेको बेला एईसीसीले भने सबैभन्दा राम्रो प्रगति गर्न सफल भएको हो । भिसा तथा कन्सल्ट्यान्सी सेवामा एईसीसी संभवतः नेपालमा नम्बर एकमा पर्दछ । 

Advertisement

साथै, एईसीसीले मल्टिपल डेष्टिनेशनका विश्वविद्यालयका लागि भिसा र कन्सल्ट्यान्सी सेवा दिने क्रममा युरोपका नयाँ देशहरु फ्रान्स, जर्मनी, स्वीटर्जल्याण्ड, आयरल्याण्ड, स्पेन पनि थप गरेको छ । यसअघि उसले अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूएसए, यूके, क्यानडामा मात्रै सेवा दिँदै आएको थियो ।   

नेपालसहित १६ देशमा ४३ वटा कार्यालयमार्फत सेवा दिइरहेको यस संस्थाले परामर्श सेवा निःशुल्क प्रदान गर्दै आएको छ । अरु संस्थाले भने पाँच हजारदेखि १५ हजारसम्म सेवा शुल्क लिने गरेको देखिन्छ । एईसीसी नेपालका अनुसार भिसा सक्सेस रेट राम्रो भएकाले नै धेरै विद्यार्थीको आकर्षण एईसीसीमा हुने गरेको हो ।

उसले भनेको छ, ‘हामीले विगत १२ बर्षदेखि आउटस्ट्याण्डिङ भिसा सर्भिस दिइरहेका छौं । बजारमा धेरै कन्सल्ट्यान्सी छन् । एक पटक हरेक अभिभावक र विद्यार्थीले आएर हेर्न र बुझ्न सक्नुहुन्छ कि अरु र हामीले के फरक छ ?’ 

चितवन र पोखरामा समेत कार्यालय खोलेर विद्यार्थी परामर्श र भिसा सेवा दिँदै आएको एईसीसीको काठमाडौंको डिल्लीबजारस्थित कार्यालय ११ हजार वर्गफिटमा फैलिएको छ । एईसीसीको थप भनाई छ, ‘अहिले विदेश अध्ययन गर्न जाने प्रक्रियामा धेरै खालका जटिलता थपिएका छन् । त्यो जटिलताबारे विद्यार्थी र अभिभावकलाई स्पष्ट जानकारी दिएर उनीहरुलाई सास्ती नदिईकन पढ्न पठाउन सक्नु नै ठूलो र महत्वपूर्ण कुरा हो । हामीले त्यो कुरा काम गरेर पुष्टि गरेका छौं । एईसीसीबाट जाने हरेक विद्यार्थी प्रि–इन्फर्म हुन्छन् । बाहिर गएर उनीहरुले झन्झट भोग्नुपर्दैन् ।’

एईसीसी नेपालले विद्यार्थीहरुलाई एप्लिकेशन, एडमिशन, भिसा सर्भिस, टेष्ट प्रेपरेशन सर्भिस, भिसा फाइलिङ, प्रि–डिपार्चर, सर्भिस दिने गर्छ । अहिले फेब्रुअरी र मार्च इन्टेकका लागि विद्यार्थीहरु आउने क्रम बढेको सो संस्थाले जानकारी दिएको छ । 

Advertisement

Advertisement