काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ ।
प्रभु र सेञ्चुरी बैंकको साधारण सभाबाट मर्जर र लाभांश पारित, एकीकृत कारोबारको बाटो खुल्यो
गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । प्रभुले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गर्न लागेको हो ।
सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुने समझदारी भइसकेको छ ।
प्राप्तिपछि प्रभु बैंककै सीइओ अशोक शेरचन र अध्यक्ष रहने छन् भने सेञ्चुरीबाट वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र सञ्चालक समितिमा ३ जना समावेश हुने छन् । हाल प्रभु बैंकको चुुक्ता पूँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड छ । दुई बैंक गाभिएपछि कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड पुग्नेछ ।
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति
ग्लोबल आइएमई-बीओके र इन्भेष्टमेण्ट-मेगा बैंकले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर
कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल