Advertisement

काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘बुहत जुत्ता चप्पल व्यापार मेला २०७९’ सुरु भएको छ । मंगलबारबाट सुरु भएको यो मेलामा चर्चित नौ वटा ब्राण्डहरुको सहभागिता रहेको छ । 

विशेषगरी जाडोलाई लक्षित गरेर उपभोक्तालाई विशेष छुट अफरसहित सञ्चालन गरिएको जुत्ता चप्पल मेलामा उपभोक्ताको निकै आकर्षण देखिएको छ । मेलामा विवाह र पार्टीका लागि उपयुक्त पार्टी शुदेखि महिला, पुरुष, बच्चाका लागि जुत्ता चप्पल र स्पोर्टस शुका आकर्षण मोडलहरु राखिएको छ । 

Advertisement

मेला आयोजकमध्येका एक गंगा श्रेष्ठले मेलामा एक सय रुपियाँदेखि १० हजार रुपियाँसम्म पर्ने जुत्ता चप्पल राखिएको बताउँदै उपभोक्ताले आफ्नो चाहनाअनुसारको क्वालिटि, डिजाइन र मूल्यमा जुत्ता चप्पल किन्नसक्ने बताए । 

उनले भने, ‘यहाँ आइसकेपछि पूरै परिवारलाई नै हुने खालका सबै उमेर समूह र डिजाइनका जुत्ता चप्पलहरु राखेका छौं । पार्टी शु र स्पोर्टस शु पनि विभिन्न डिजाइनमा उपलब्ध छन् । यी जुत्ता चप्पलमा वारेन्टीको पनि व्यवस्था छ ।’ 

श्रेष्ठले विगतमा पनि आफूहरुले यस किसिमको मेला आयोजना गर्दै आएको अनुभव सुनाउँदै यस पटकको मेलामा मानिसहरुको बढी आकर्षण देखिएको बताए । मेला माघ २२ गतेसम्म चल्नेछ । 

Advertisement

Advertisement