बजारमा नेपाली कागजको माग बढ्दो, उत्पादन घट्दो

Advertisement

काठमाडौं । बजारमा नेपाली कागजको माग उच्च रहे पनि उत्पादन कम हुँदा महंगो हुँदै गएको छ । बलियो, टिकाउ र  किराले नखाने भएकाले नेपाली कागजको महत्व बढ्दै गएसँगै माग पनि बढेर गएको छ । 

विशेषगरी सरकारी कार्यालयहरुमा बढी प्रयोग हुँदै आएको यस्तो कागज पछिल्ला दिनमा लिखित कारोबार, बकस पत्र, विवाह, व्रतवन्धको कार्डदेखि घरमा बाटेको धुप बनाउन  प्रयोग हुन थालेको छ । यस्तो कागजको प्रयोग नेपालभित्र मात्रै नभई विदेशमा समेत निर्यात बढ्दै गएकाले महंगिएको हो । 

Advertisement

व्यवसायीका अनुसार नेपाली कागज बनाउन प्रयोग हुने कच्च पदार्थ जंगलमा पाइने लोक्ताको अभावले पनि उत्पादन घटेको हो । नेपाली कागज व्यवसायी राकेश महर्जनले बजारमा कम लागतमा धेरै आम्दानी हुनसक्ने यस व्यवसायमा संभावना धेरै रहे पनि चुनौति धेरै रहेको बताए ।  

कागज बनाएर दुई–तीन दिन घाममा सुकाउनुपर्ने भएकाले गर्मीको तुलनामा जाडो मौसममा नेपाली कागजको उत्पादन कम हुने उनले बताए । बाक्लो पातलो आकार हेरेर नेपाली कागजको मूल्य पाँच रुपियाँदेखि पाँचसय रुपियाँसम्ममा बिक्री हुने गर्दछ । 

Advertisement

Advertisement