हिमालयन र सिभिलको साधारण सभाबाट लाभांश-प्राप्ति प्रस्ताव पारित, एकीकृत कारोबारको बाटो खुल्यो

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको वार्षिक साधारण सभा आज एकै दिन सम्पन्न भएको छ । 

यी दुबै बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्दै हिमालयनले सिभिललाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको हो । 

Advertisement

दुबै बैंकको वार्षिक साधारण सभाबाट उक्त प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारका लागि बाटो खुलेको छ । अब राष्ट्र बैंकको अन्तिम स्वीकृति लिई माघ महिनाभित्रै एकीकृत कारोबार शुरु गर्ने तयारी रहेको जनाइएको छ । 

हिमालयनले सिभिल बैंकलाई १००ः ८०.२८ अर्थात सिभिलको १०० कित्ता बराबर हिमालयनको ८०.२८ कित्ता शेयर हुने गरी दुई बैंक मर्ज हुन लागेका हुन् । 

यी दुई बैंकबीच असार २९ गते प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने छन् । सिभिल बैंकका सीइओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बनाउने समझदारी बनेको छ ।

हिमालयनले सिभिल बैंकलाई प्रारी ‘हिमालयन बैंक लिमिटेड’कै नाममा एकीकृत कारोबार गर्ने यसअघि नै सहमति भइसकेको छ । हिमालयनले सिभिललाई प्राप्ति गरेपछि कूल चुक्ता पूँजी चुक्तापुँजी २२ अर्ब भन्दा बढी हुनेछ । 

यसैक्रममा सिभिल बैंकलाई प्राप्ति विशेष प्रस्ताव पारित गर्दै हिमालयन बैंकको ३०औँ वार्षिक वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोल्टी होटेलमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  

साधारण सभाले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र १९.११ प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त साधारण सभाले विजयबहादुर श्रेष्ठलाई सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक चयन गरेको छ ।  

यसैबीच सिभिल बैंकको १२औँ वार्षिक साधारणसभा पनि आजै सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डेको अध्यक्षमा सम्पन्न साधारण सभाले आव २०७८/७९ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ । उक्त साधारण सभाले हिमालयनले प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल इन्भेष्टमेण्ट र मेगाको एकीकृत कारोबार शुरुः ३४ अर्ब नाघ्यो चुक्ता पूँजी

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार शुरुः चुक्ता पूँजी २३ अर्ब बढी, सीईओमा शेरचन

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 

सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईः चुक्तापूँजी पौने ३६ अर्ब, अध्यक्षमा ढकाल, सीईओमा बज्राचार्य

 

Advertisement

Advertisement