पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न भुटानी र बंगलादेशी वायुसेवा इच्छुक

Advertisement

काठमाडौं । पर्यटकीय नगरी पोखरामा हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न भुटानी र बंगलादेशी वायुसेवा कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

अंग्रेजी नयाँवर्ष २०२३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यो विमानस्थल सञ्चालनमा आएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु नभएर कतै भैरहवास्थित गौतम बुद्ध विमानस्थलको जस्तै गति हुने हो कि ? भन्ने चिन्ता पोखरेलीहरुमा भइरहेको बेला विदेश वायुसेवा कम्पनीहरुले चासो देखाउन थालेका हुन् ।  

Advertisement

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटानी र बंगलादेशी कम्पनीहरु पोखरा आउन इच्छुक देखिएको बताए । उनले भने, ‘भुटानी र बंगलादेशी वायुसेवा कम्पनीले पोखरा विमानस्थलबाट उडान गछौं जस्तो प्रतिक्रिया दिएका छन् । कुराकानी भइरहेको छ । ठोस निर्णय केही भइसकेको छैन् ।’

निरौलाले पोखरा विमानस्थल सम्पन्न भई सञ्चालनमा आएको सूचनाहरु बिहीबार ‘एरोनोटिकल इफर्मेशन रिलेशन एण्ड कन्ट्रोल’मा राखेको र अर्को फाइनल् सूचना राख्न बाँकी रहेको बताउँदै त्यो पनि दुई–चार दिनमा राख्ने जानकारी दिए । 

नेपालका वायुसेवा कम्पनीहरुले पनि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न चासो देखाइरहेका छन् । बुद्ध, नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स पोखराबाट उडान गर्न इच्छुक देखिएका हुन् । 

Advertisement

Advertisement